बारा, राहुल गुप्ता, शनिबार, २० भाद्र २०७७ । नेपाल निजामति कर्मचारी युनियन (संघ) बाराद्वारा मजदुरहरुलाई नि:शुल्क खाधान्न तथा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

संघको स्थापना दिवसको अवसरमा अमृता अनाथ आश्रम कलैया बारामा बारा जिल्ला कार्य समितिका अध्यक्ष हरिओम प्रसाद साहको अध्यक्षतामा सेनिटाइजर, मास्क चामल, खाधाना सामग्री, नगदआठ हजार, साबुन र ग्लोब्स बितरण गरिएको छ ।

चामल बितरण कार्यक्रमका नेपाल निजामति कर्मचारी युनियन संघका गजेन्द्र र यादव, बिनोद यादव, आयुव साह, मुकेश प्रजापति किरोरी यादव लागयतको उपस्थिती रहेको कार्य समिति अध्यक्ष हरिओम प्रसाद साहले बताउनु भयो ।

संघले खास गरी रिक्सा चालक तथा अमृता अनाथ आश्रम असाहयलाई बितरण प्रयास गरेका नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष हरिओम प्रसाद साहले बताउनु भयो ।









































