Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:१६ बिहान
- ADVERTISEMENT -

उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह

प्रकाशित मिति: २०७७ भदौ १३, शनिबार

689
Shares

काठमाडौँ, शनिबार, १३ भाद्र २०७७ । सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।

काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेका छन् ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेका ती नगरपालिकाले जनाएका छन् ।

कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैँ स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाइ गर्दै आएका छन् । केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेर नाकामा खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

स्वयंसेवक परिचालन : दक्षिणकाली

दक्षिणकाली नगरपालिकाले हेटौँडाबाट उपत्यका प्रवेश गर्ने मुख्य नाका राम्चे र हुमाने भञ्ज्याङमा स्वयंसेवक परिचालन गरी उपत्यका प्रवेशमा कडाइ गरेको छ । स्वयंसेवकले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने काम गरिरहेका छन् । स्थानीय प्रशासनबाट माग भएअनुसार नगरपालिकाले अन्य सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

आवतजावत ठप्प : तारकेश्वर

तारकेश्वरबाट पासाङ ल्हामु राजमार्ग र टोखा छहरे हुँदै काठमाडौँ प्रवेश गर्न सकिने भए पनि अहिले दुवै नाकाबाट आवजावत ठप्प छ । काठमाडौँ उपत्यकाको फोहोर धादिङतर्फ जाने सवारी साधन र धादिङबाट उपत्यकामा आउने तरकारी र फलफूलका सवारी साधनबाहेक अन्य आवतजावत बन्द भएको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।

आवश्यक समन्वय र सहयोग : सूर्यविनायक

काभे्रबाट काठमाडौंँ आवतजावत गर्ने मुख्य नाका साँगामा सूर्यविनायक नगरपालिकाले आवतजावतका लागि पास सिफारिसमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पताल जानुपर्ने व्यक्तिका लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितका लागि नगरपालिकाले घरघरमै सेवा पु¥याएको छध्र

सवारी व्यवस्थापन गर्दै चन्द्रागिरि

चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्र हुँदै काठमाडौँ प्रवेश गर्ने चित्लाङ र नागढुङ्गा नाकामा रोकिएका सवारी साधन व्यवस्थापन गर्न सहजीकरण गरिरहेको छ । भदौ ३ को रातिदेखि उपत्यकामा निषेधाज्ञा लागू भएपछि सो क्षेत्रमा करिब एक हजार चार सयवटा सवारी साधन बीच बाटोमै रोकिएका छन् । ती सवारी साधन व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गरिरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

जताबाट आयो उतै फिर्ता : शङ्खरापुर

शङ्खरापुर नगरपालिकाबाट काठमाडौँ प्रवेश गर्ने नाङ्लेभारे, भोटेचौर, नगरकोट, कात्तिके नाकाबाट आउने नाका बन्द छ । कोही कोही आवतजावत गर्न खोजे जताबाट आएको उतैतिर फिर्ता पठाइने गरिएको शङ्खरापुर नगरपालिकाले जनाएको छ । मुख्य नाकाभन्दा बाहिर जङ्गल तर्फबाट पनि अवतजावत गर्ने व्यक्तिलाई नगरपालिकाका सबै वडाका बासिन्दालाई उच्च निगरानी राख्न आग्रह गरिएकाले अहिलेसम्म भागेर आवतजावत गरेको जानकारी नआएको उहाँले बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -