Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:३३ बिहान
- ADVERTISEMENT -

प्रदेश पाँचमा भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने जनशक्तिको अभाव

प्रकाशित मिति: २०७७ भदौ ९, मंगलबार

938
Shares

नारायणपुर, मंगलबार, ९ भाद्र २०७७ । कोरोना संक्रमणको लक्षण देखिएका संक्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका संक्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण देखिएका विरामीलाई बुटवल पठाउने गरिएको छ ।

दाङको बेलझुण्डीमा प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आठ भेन्टिलेटर र १५ आइसियु शय्या छन् । यी दुई अस्पतालमा भेन्टिलेटर र आइसियु शय्या भए पनि आवश्यक जनशक्ति र पर्याप्त बजेट नहुँदा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएका छन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा पाँच भेन्टिलेटर र पाँच आइसियु शय्या छन् । यी शय्या सञ्चालन गर्न न्यूनतम ३० चिकित्सकसहित स्वास्थ्यकर्मीको आवश्यकता पर्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा सर्वेश शर्माले जानकारी दिनुभयो । उपकरण भए पनि जनशक्ति नहुँदा जटिल प्रकृतिका विरामीलाई अन्यत्र पठाउनुपरेको उहाँको भनाइ छ ।

“पिसिआर रिपोर्ट पोजेटिभ देखिए पनि लक्षण नदेखिएका संक्रमितलाई मात्रै बेलझुण्डीको कोरोना विशेष अस्पतालमा राख्ने गरिएको छ भने गम्भीर अवस्थाका विरामीहरुलाई बुटवल पठाउने गरिएको छ” , सदस्य सचिव शर्माले भन्नुभयो । लक्षणसहितका विरामी धेरै नदेखिएकाले पनि जनशक्ति नथपिएको उनले बताए । उपकरण तयारी अवस्थामा रहेकाले सक्रिय संक्रमितको सङ्ख्या बढ्दै गएमा जनशक्ति थप हुने उहाँको भनाइ छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि तीन भेन्टिलेटर र १० आइसियु शय्या राखिएको भए पनि प्रयोगमा भने आउन सकेको छैन । जनशक्ति नहुँदा सेवा दिन नसकिएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । कोरोनाको कहरकै बीचमा भेन्टिलेटर र आइसियुका उपकरण ल्याइएको भए पनि प्रतिष्ठानसँग पर्याप्त बजेट नहुँदा जनशक्ति नभएको उहाँले बताउनु भयो । उपकरणको जोहो गरिए पनि त्यसलाई चलाउने जनशक्ति राख्न सरकारसँग बजेटको माग भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -