Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:३७ बिहान
- ADVERTISEMENT -

तनहुँकी कोरोना सङ्क्रमित महिलाको पोखरामा मृत्यु

प्रकाशित मिति: २०७७ भदौ २, मंगलबार

527
Shares

पोखरा, मंगलबार, २ भाद्र २०७७ । तनहुँकी एक जना कोरोना सङ्क्रमित महिला महिलाको पोखरामा मृत्यु भएको छ । पोखराको हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको हो ।

अस्पतालका डा. पदमबहादुर खड्काका अनुसार प्रयोगशालाले अस्पताललाई यसबारे जानकारी गराएको छ । ती महिलामा निमोनिया, मधुमेहलगायत अन्य रोग पनि थिए । उहाँको आईसीयूमा उपचार भइरहेको थियो । तनहुँको व्यास नगरपालिका-१ घर भएकी ५० वर्षीया महिलाको मृत्युपछि मङ्गलबार बिहान कोरोना पोजिटिभ रहेको रिपोर्ट आएको छ ।

साउन ३२ गते उपचारका लागि छोरीसहित पोखरा आएकी ती महिलाको गएराति मृत्यु भएको हो । शवलाई नेपाली सेनाले पोखरा ३२ मजुवानजिकै घाटमा व्यवस्थापन गर्नेछ ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका दुई, बागलुङ, कास्की र गोरखाका एक-एक जना रहेका छन् ।

पोखरामा १५ सहित गण्डकीमा २५ सङ्क्रमित


मङ्गलबार बिहान र सोमबार राति गरेर पोखरा महानगरपालिकामा १५ जनासहित गण्डकी प्रदेशमा २५ जना नयाँ कोरोना भाइरस सक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बिहान थपिएका चार जनामध्ये दुई जना पोखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ वर्षीय पुरुष छन् भने दुई जना महिलाको ठेगाना खुलेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -