दोलखा, बिहिबार, २९ साउन २०७७ । दलितमाथी कुटपिट गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै नेपाली काङ्ग्रेसका युवा नेता कुन्दन काफ्ले जिल्ला प्रशासन कार्यालय दोलखा पुगेका छ्न । दलितको कुटपिटको घटनालाई प्रशासनमा निवेदन दिदा पनि खासै चासो नदिएपछी पीडित दलितहरुलाइ नै लिएर काफ्ले प्रशासन कार्यालय पुगेका हुन ।
काफ्लेले प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौडेललाई भेटेर तामाकोशी गाउँपालिका ५ शहरेका वडा अध्यक्षको निर्देशनमा दलितहरुलाइ कुटपिट भएको घटनालाइ तत्काल छानबिन गरि कारबाही गर्न माग गरेका छन । आफैलाइ निर्वाचित गराउने दलित स्थानीयमाथी हातपात गर्नु दुख दायी भएको भन्दै काफ्लेले सो घटनालाई गम्भीर रुपमा लिन समेत प्रजिअ पौडेललाइ आग्रह गरेका छन ।
प्रजिअ भेटेसगै जिल्ला प्रहरी कार्यालय दोलखा पुगेका काफ्लेले कार्यालय प्रमुख भिडियो कन्फ्रेन्स गएकाले प्रहरी निरीक्षक रेशम बोहोरालाई भेटेर दलितमाथी हातपात गर्नेलाई तत्काल पक्राउ गरि कारबाही गर्न समेत माग गरेका छन ।
गत चैत २६ गतेसोहि वडाका वडा अध्यक्ष राजकुमार रोक्काको निर्देशनमा ४/५ जनाको समूह बाट स्थानीय दलितहरु आफ्नै गाउमा कुटिएका थिए । दलित महिलालाई अपशब्द बोल्दै माधक पदार्थ सेवन गरेर आएको टोलीको कुटपिट बाट ४ जना घाइते भएका थिए ।
सो घटना भएको भोलि पल्ट चैत २७ गते नै स्थानियहरुले घटनामा सम्लग्नहरुलाई कारबाहिका लागि प्रशासन कार्यालयमा निबेदन समेत दिएका थिए । लक डाउनका कारण देखाउदै प्रशासनले अहिले सम्म कुनै कारबाही अगाडी बढाएको छैन ।
वडा अध्यक्ष राेक्का लगायतको टाेलीले यसअघि पनि सार्वसानिक स्थलमा पटक पटक दलितमाथि दुर्ववहार गर्दै अाएका थिए । रोक्का विरुद्ध यसअघि पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए ।
वडाध्यक्ष सधै गाँजा,रक्सी सेवन गरि हिड्ने गरेको स्थानीयकाे भनाइ छ । घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन् ।









































