पोखरा, शनिबार, २४ साउन २०७७ । आजको बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको जटिल परिस्थितिमा कोरोना भाइरस (कोभिड-१९) काे जोखिम न्यूनीकरणका लागि प्रथम चरण अन्तर्गत ३०० ओटा प्राथमिक उपचार बाकस वितरण गरिएको छ ।

गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ जिल्ला ताराखोला गाउँपालिकामा सामाजिक संस्था WELLNESS TEAM, बालुवाटार-४ द्वारा संस्थाकी प्रेसिडेन्ट नितु खड्का, गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगरको अगुवाइमा गाउँपालिकाकाे सहकार्यमा कोभिड-१९ काे जोखिम न्यूनीकरणका लागि प्रथम चरण अन्तर्गत ३०० ओटा प्राथमिक उपचार बाकस वितरण गरिएको छ ।

अति संवेदनशील क्षेत्रहरुमा प्राथमिक उपचार बाकस वितरण गरिएको छ । प्रथम चरणमा गाउँपालिका अन्तर्गत का ५ ओटै वडा कार्यालय, स्वास्थ्य स्वयंसेबिका, सम्पूर्ण विद्यालयहरू, घरेलु उद्योग, होमस्टे र यातायातका साधनहरूमा प्राथमिक उपचार बाकस वितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक दिपक खड्काले जानकारी दिनुभयो ।

द्रोसो चरण अन्तर्गत गाउँपालिकाका दुर्गम क्षेत्रका प्रत्येक घरमा प्राथमिक उपचार बाकस निकट भविष्यमा नै वितरण गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति मगरले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्