गोरखा, शनिबार, २४ साउन २०७७ । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिरोले अबरुद्ध भएको छ । शनिबार बिहान गएको पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

बेनिघाट बजारदेखि करिब एक किलोमिटर पूर्व तर्फ माथिबाट खसेको ठूलो पहिरोले सडक अबरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो । ‘पहिरो फुजेल लगायतका क्षेत्रबाट आएका र बेनिघाट हुदै उत्त सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्, उहाँले भन्नुभयो, पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ ।’

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नहेको वडाध्यक्ष लामिछानेको भनाई छ । ‘दिनभरी मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्नेछ, उहाँले भन्नुभयो, ‘केहीदिन अघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्