गोरखा, बिहिबार, १५ साउन २०७७ । गोरखामा मास्क नलगाई हिड्ने २३ जनालाई नियन्त्रणमा लिइ कारवाही गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम भएकाले घर बाहिर सार्वजनिक ठाउँमा निस्कदा अनिबार्य मास्क लगाएर मात्र निस्कन निर्देशन दिएपनि अटेरी गर्दै बिना मास्क सार्वजनिक ठाउँमा निस्किएकाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम १ सय रुपैया जरिवान गरि आइन्दा मास्क लगायर मात्र हिड्ने कागज गराई छोडिएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

मास्क नलगाउदा कोरोना भाइरसको संक्रमण सर्न सक्ने जोखिम झनै उच्च हुने भएकाले गृहमन्त्रालय मार्फत देशभरका ७७ वटै जिल्ला प्रसासन कार्यालयलाई पत्र पठाइ मास्क नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको थियो ।

गोरखा सदरमुकाममा मास्क नलगाई हिड्नेको संख्या बढ्न थालेपछि प्रहरीले संक्रियता बढाएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्