गोरखा, सोमबार, १२ साउन २०७७ । गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा रुखबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरि आज उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

आइतबार जंगलमा घाँस काट्न गएकी स्थानीयबासी अन्दाजी २३ बर्षकी कान्छी गुरुङ रुखबाट लडेर गम्भीर घाइते हुनुपछि उहाँलाई उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरि पठाइएको वडाध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

‘घर नजिकै रहेको फुक्लो भन्ने जंगलमा बाख्राका लागि घाँस काट्न रुखमा चढ्नु भएको बेला एक्कासी लड्नु भएछ, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘संगै गएका साथीहरुले खबर गरेपछि तत्काल उद्धार गरि घरमा ल्याएर प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको हो ।’ घाइते गुरुङको उपचारका लागि एयर डाइनेस्टिक कम्पनीको हेलिकप्टर र्चाटर गरि गरिएको उहाँले बताउनुभयो ।

फोटो वडाध्यक्ष तुलबहादुर गुरुङ

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्