गोरखा, शनिबार, १० साउन २०७७ । पहिरो जाँदा बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ ।
धार्चे गाउँपालिका-७, लापुस्थित चिङ्गारनजिकै जमिन भासिएर खोला थुनिएको स्थानीयबासीले जानकारी दिएका छन् ।
गएराती गएको पहिरोले खोला पूरै थुनिएको छ। नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय गोरखाले सजगता अपनाउन आग्रह गरेको छ ।









































