- ADVERTISEMENT -

पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा साना गाडी चल्न थाले

July 24, 2020
641
Shares
फाइल तस्बिर
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, ९ साउन २०७७ । पहिराेका कारण चार दिनदेखि बन्द रहेकाे पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा साना गाडी चल्न थालेका छन् ।

केही समय अघिदेखि माइक्रो, मोटरसाइकल तथा एम्बुलेन्सलगायतका साना गाडी चल्न थालेकाे इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आज शुक्रबार बेलुकासम्म ठूला गाडी पनि चल्न सक्ने उहाँको भनाइ छ । मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका हुन् । अहिले पनि मर्मतकोे काम चलिरहेको छ ।

धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो । तीन/चार दिनसम्म कुनै पनि गाडी नचल्दा यात्रु भने समस्यामा परेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -