Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:१८:२६ राति
- ADVERTISEMENT -

गोरखामा आजदेखि सार्वजानिक यातायात सुचारु

प्रकाशित मिति: २०७७ साउन ८, बिहीबार

984
Shares

गोरखा, बिहिबार, ८ साउन २०७७ । गोरखामा आजदेखि सार्वजानिक यातायात सुचारु भएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै नेपाल यातायात व्यवसायी महासंघको निर्देशन अनुसार बस सेवा सुरु गर्न लागिएको गोरखा दरौंदी यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘सरकारको निर्णय र महासंघको निर्देशन अनुसार आजबाट गोरखामा सार्वजानिक बस सेवा सुरु भएको छ,’ उनले भने, ‘काउन्टर नै खोलेर हामीले सेवा सुरु गरिसकेका छौं । स्वास्थ्य र सुरक्षाको प्रोटोकल पालन गरी जिल्ला भित्र बस सञ्चालन हुन्छ ।’

यता पृथ्वी यातायात प्रालिले भने देशभर सवारी सञ्चालन गर्ने तयारी गरेको छ । लकडाउन खुकुलो भएको र व्यवसायी चरम मारमा परेको भन्दै पहिलेकै अबस्थामा गाडी चलाउने लागिएको प्रालि गोरखाका विपिनचन्द्र ढकालले जानकारी दिए । ‘व्यवसायी मर्ने स्थिती आइसक्यो राज्यलाई चिन्ता छैन,’ उनले भने ‘सामाजिक दुरी कायम गरी पूर्ववत अबस्थामा जहाँजहाँ गाडी चलेको थियो त्यहाँ चलाउनु भन्ने केन्द्रिय कार्यालयको निर्देशन छ अब हाम्रा सबै गाडी चल्छन् ।’ सोही अनुरुपमा गोरखाबाट छुट्ने गोरखा भित्रिने सबै सवारी साधन चलाउने तयारी प्रालिको छ । सडक अबरुद्ध नभए आज नै गोरखा नारायणगढ बस सञ्चालन हुने उनले बताए । सरकारले भदौं १ गतेबाट मात्र अन्तरजिल्ला सवारी सञ्चालन गर्न दिने निर्णय गरेपनि पृथ्वीले अवज्ञा गर्ने तयारी गरेको छ ।

अहिले पहिरोका कारण गोरखाका अधिकाशं सडक अबरुद्ध भएकाले अबस्था हेरेर सेवा सञ्चालन गर्ने व्यवसायीहरुले बताएका छन् । यात्रुबाहक बस सञ्चालनका लागि सरकारले बनाएको स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पुरा गरी यातायात सञ्चालन हुनेछ । बसको एक लाइनमा एक जनामा मात्र राखिनेछ । तर यात्रुले साबिकको भाडामा ५० प्रतिशत थप तिनुपर्नेछ । सेनेटाइजर र माक्सको अनिवार्य गरिएको छ, चालक र सहचालकले व्यक्तिगत सुरक्षाका साधनहरु लगाउनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ

४ महिना देखि थन्किएका बस मर्मत गरी पूर्ण रुपले सञ्चालन गर्न भने केही समय लाग्ने व्यवसायीहरुले बताएका छन् । अधिकाशं सवारी साधनका मजदुरहरु अहिले घरमा छन् । उनीहरु सबै फर्कि सकेको अबस्था छैन । यातायात सञ्चालन भइहाले पनि कोरोनाको त्रास एवं बाढी पहिरोको भयका कारण जरुरी काममा बाहेक सर्वसाधरणहरुले यात्रा गर्ने देखिदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -