- ADVERTISEMENT -

नागढुंगादेखि मौवा खोलासम्म १ सय ५२ स्थानमा पहिरो

July 23, 2020
695
Shares
- ADVERTISEMENT -

काठमाडौं, बिहिबार, ८ साउन २०७७ । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगादेखि मौवा खोलासम्म १५२ स्थानमा पहिरो गएको छ । सडकको स्थलगत अनुगमनपछि प्रधानमन्त्रीका बिकाश निर्माण बिज्ञ गजेन्द्र थपलियाले दिनुभएको जानकारी अनुसार अबिरल बर्षापछि नागढुंगादेखि मौवा खोलासम्म १५२ स्थानमा पहिरो खसेको पाइएको हो ।

थपलियासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले बुधवार सो सडक खण्डमा बाढी र पहिरोले पुर्याएको क्षतिको स्थलगत रूपमा निरीक्षण गरेको हो । नागढुंगादेखि मौवा खोलासम्म १५२ स्थानमा पहिरो झरेको छ। पृथ्वी राजमार्गको मौवा खोलाले पुलको एप्रोच सडक पूर्ण क्षति गरेकोले अझै कम्तिमा ३ दिनमा मात्र सवारी आवागमन सुचारू गर्न सकिने देखिन्छ, निरीक्षणपछि थपलियाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँका अनुसार यस विपदको समयमा सडकमा भएको अवरोध हटाउने र जनतासँग प्रत्यक्ष भेटघाट र यातायात संचालनलाई सहज बनाउन धादिङ्गका सांसद भूमि त्रिपाठी, जिल्ला समन्वय प्रमुख जनन्नाथ नेपाल प्रधानमन्त्रि कार्यालय तर्फबाट बिकाश बिज्ञ थपलिया, भौतिक पूृर्वाधार तथा यातायात व्यावस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, उपमहानिर्देशक दिपक भटराइ र भिमार्जुन अधिकारी बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पित्त बहादुर डल्लाकोटी धादिङ्गका सिडियो नेपालली सेनाका कर्णेल, प्रहरी प्रमुख, सडकका डिभिजन प्रमुख लगायतको टोलीले स्थलगत रुपमा नै समस्याको पहिचाहन गरी काम अगाडि बढाएको छ। अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेको छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको छ ।

वर्षाका कारण उर्लिएको खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन प्रभावित भएको छ  भने काठमाडौँतर्फ जाने सयौँ सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् । खोलाले पुल र सडक जोड्ने १२ मिटर भाग भत्काएको छ । खोलाले भेलले भत्काएको भागमा सडक डिभिजन कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भर्ने काम गरिरहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार नेपाली सेना र सडक विभागका प्राविधिक लगायतका जनशक्ति ग्याबिन जाली भर्ने काममा लागिरहेका छन् । काममा कुनै समस्या नआए बिहीबार बेलुकीसम्ममा राजमार्ग खुल्न सक्ने प्राविधिकहरू बताउँछन् । अहिले नेपाली सेनाका ५० र सडक विभागका झण्डै १०० जना जनशक्ति उक्त पुलमा जाली भर्ने काममा सम्लग्न छन् ।

राजधानी जोड्ने प्रमुख मार्ग भएकाले सवारी चापलाई मध्यनजर गर्दै सक्दो छिटो सडक खुलाउन काममा तीव्रता दिइरहेको प्रशासनले जनाएको छ । पृथ्वीराजमार्ग क्षेत्रमा ११ वटा ठूला पहिरा छन् । पानी पर्न कम भएपछि पुलको डाइभर्सन बनाउन र ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको छ ।

पृथ्वी राजमार्गको हुग्दीखोला, मौवाखोला, जवाङखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरे लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट पहिरो र लेते आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध मार्ग भने एकातर्फी खुलाइएको छ । सदरमुकाम प्रवेश गर्ने कालु पाँडे मार्गमा सडक भासिनाले मालवाहक गाडीहरू आवत जावत हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -