गोरखा, मंगलबार, ६ साउन २०७७ । तीनदिनदेखिको अविरल बर्षाका कारण आँबुखैरेनी गोरखा सडक अबरुद्ध भएको छ । बिभिन्न ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको प्रहरी एसपी सुरन्द्र गुरुङले जानकारी दिनुभयो ।

‘एघारकिलोको सेण्टजोसेफ स्कुल गेटनेर खोल्सामा सडक भासिएको छ’, ‘खोल्साको बाढीले ११ किलो बजारका दुईवटा घर जोखिम भएको छ । खोल्सामा ह्युमपाइप राखेर बाटो खुलाउने प्रयास भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

आठकिलोमा पनि पहिरोले सडक अबरोध गरेको र खुलाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्