- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा थप ३ जनामा कोरोना संक्रमित थप

July 21, 2020
577
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, ६ साउन २०७७ । गोरखामा थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिकाका १ जना र शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाका १÷१ जना पुरुषमा जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण खनालले जानकारी दिनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउसो ४ बजे एक सूचना जारी गर्दै गोरखाका ३ स्थानिय तहका ३ जना पुरुषलाई कोरोना पुष्टी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणका क्रममा पालुङटार नगरपालिका ५ ठाँटीपोखरीका २९ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको छ । साउदीबाट आएका उनी असार २१ गते धर्मावती प्रावि हवाई ग्राउण्डमा रहेको क्वारिन्टीनमा बस्दै आएको स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो । त्यस्तै गरी साउदीबाट आएका शहिद लखन गाउँपालिका ३ मनकामनाका २५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

उनी असार १७ गते नै गाउँपालिकाले मनकामना माविमा बनाएको क्वारिन्टीनमा बस्दै आएको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यता ओमानबाट आएका २८ बर्षिय पुरुषमा पनि कोरोना पुष्टी भएको छ । भीमसेन थापा गाउँपालिका ६ अश्राङका उनी असार २७ गते जनशक्ति आधारभूत बिद्यालयमा बनाईएको क्वारिन्टीनमा बस्दै आएकाको गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

संक्रमित तिनै जनालाई नै जिल्ला स्थित गोरखा क्याम्पसमा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com