Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
२:५९:५४ दिउँसो
- ADVERTISEMENT -

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नव-निर्मित प्रहरी अस्पतालको उद्‍घाटन सम्पन्न

प्रकाशित मिति: २०७७ साउन ४, आइतबार

944
Shares

पोखरा, आइतबार, ४ साउन २०७७ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नव-निर्मित भवनको आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक समारोहका बिच उद्घाटन गर्नुभएको छ ।

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरि अहोरात्र सेवामा समर्पित प्रहरी कर्मचारी साथै तिनका आश्रित परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधी उपचारमा सहजता प्रदान गर्न कास्की जिल्लाको पोखरा महानगरपालिका-७ मुस्ताङचोक स्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरि स्वास्थ्य सेवा सुचारु गरिएको छ ।

बि स २०७४ साल चैत्र १७ गते तत्कालिन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्ष कमल सिंह बमले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट प्रदान भईरहेका सेवाहरुलाई विकेन्द्रिकृत गर्ने उद्देश्यले भवनको शिलान्यास गर्नुभएको थियो ।

सोहि अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले शिलालेख अनावरण साथै मुख्य प्रवेशद्वारमा रिवन काटि भवनको उद्‌घाटन गर्नुभयो । उद्‌घाटन पश्चात प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक अर्याल लगायत अन्य अथितिहरुले नव-निर्मित भवन साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नु भयो ।

उद्‌घाटन पश्चात समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानरीक्षक अर्यालले प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरि २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौमा स्थापना गर्ने तत्कालिन प्रहरी महानिरीक्षक स्वर्गीय डि बी लामालाई समेत स्मरण गर्दै नव-निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तह सम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदैं गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि महत्वपूर्ण सुविधाहरुसहित अस्पताल निर्माण भएको प्रति खुशी व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा नर्मन लामिछानेले हाल जनरल ओपिडि सहित वार्ड ल्याव र फार्मेशि सेवा दिंदै आएकोमा यसलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवाहरु प्रदान गरिने बताउनु भयो ।

भवन सम्बन्धी प्रतिवेदन पेश गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालयका टि एस टि प्रमुख प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट २८ लाख २३ हजार ४ सय ४६ रुपैया ५९ पैसा लागतमा निर्मित उक्त भवनमा सोधपुछ कक्ष, ओ पि डी , ईमरजेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय सहित कुल ११०६ वर्ग फिट क्षेत्रफलमा निर्माण सम्पन्न भएको जानकारी गराउनु भयो ।

साथै, भवन निर्माण कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको उक्त कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के सी लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, भूतपूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -