स्याङ्जा, मंगलबार, ३० असार २०७७ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे लाँकुरीथोकमा पहिरोले पुरिंदा बिर्घाका पूर्व गाविस अध्यक्ष ईमानसिंह रानाको ज्यान गएको छ ।
हिजो बेलुकी गएको पहिरो हेर्न आज बिहान छिमेकीसँगै पुगेका अन्दाजी ७० वर्षका रानालाई माथिबाट झरेको पहिरोले पुरेको स्थानीय कोटाकोट निमाविका प्रध्यानाध्यापक प्रर्थ थापाले जानकारी दिनुभयो । पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् ।
घाइते वडा नम्बर ४ का वडा सदस्य होमनाथ पाण्डे र स्थानीय बीरबहादुर रानाको प्राथमिक स्वास्थ्य केन्द्र बिर्घामा उपचार भैरहेको छ । पहिरोले स्थानीय ३ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्याङजाका प्रहरी प्रमुख बिमलराज कँडेलका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।









































