- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा थपिए १५ कोरोना संक्रमित

July 12, 2020
732
Shares
- ADVERTISEMENT -

पोखरा, आइतबार, २८ असार २०७७ । गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com