- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तत्काल गोरखामा सार्वजनिक सवारी साधन चलाउन सक्दैनौ : अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ

July 11, 2020
736
Shares
- ADVERTISEMENT -

गोरखा, शनिबार, २७ असार २०७७ । गोरखा जिल्लाका यातायात व्यवासायीहरुले सरकारले औपचारिक निर्णय गरेपनि व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघको निणर्य नआउदासम्म सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन नसक्ने बताएका छन् ।

सरकारले सरोकारवाला पक्षलाई नराखी एकलौटी ढंगबाट निर्णय गरेको भन्दै गोरखा जिल्ला भित्र महासंघको निर्णय नआउदासम्म कुनै पनि सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नसकिने महासंघका जिल्ला समयन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘सरकारले निर्णय गर्दा सम्बन्धित सरोकारवालाहरुलाई पनि राखेर निर्णय गर्नुपथ्र्यो, दरौदी यातायात सेवा प्रालि गोरखाका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले भन्नुभयो, व्यवसायिको अहिलेको समस्या, मर्का कस्तो छ भन्ने सरकारले बुझ्ने प्रयास समेतपनि गरेन, त्यस कारण सरकारको निर्णयलाई आधार मानेर अहिलेकै अबस्थामा सवारी साधन चलाउन सकिदैन ।’ अध्यक्ष श्रेष्ठले सरकारले निर्देशन दिएपनि आफुहरुले मान्नैपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।

‘बन्दाबन्दीका कारण सवै भन्दा ठूलो मारमा यातायात व्यवसायी परेका छन्, उहाँले भन्नुभयो, हामीले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ भनेर बिपद्को यो अबस्थामा सरकारलाई महंगो मूल्य चुकाएर पनि सरकारलाई साथ दियौं तर सरकारले भने व्यवसायीको मर्का बुझेंनन ।’

- ADVERTISEMENT -

Advertisement

उहाँले सरकारको निर्णयपछि कसरी सञ्चालनमा ल्याउने भन्ने बारेमा महासंघमा छलफल भइरहेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com