Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:३३ बिहान
- ADVERTISEMENT -

वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन

प्रकाशित मिति: २०७७ असार २६, शुक्रबार

976
Shares
प्रतिनिधिमुलक फाइल फोटो : वेव

बेनी, शुक्रबार, २६ असार २०७७ । बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ ।

पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ ।

त्यसैगरी धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको सूचना प्राप्त भएको डिएसपी कुँबरले बताउनुभयो । उहाँका अनुसार घटनास्थल तर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगि नसकेकोले एकिन पुष्टि हुन बाँकी छ ।

त्यस्तै बेनी जोमसोम सडक खण्डको गलेश्वर स्थीत राहुघाट नदिमाथिको बेलीब्रीज राहुघाट नदिले बगाएको छ । वर्षात् पछि उर्लेर आएको नदिले बेलीब्रीज बगाएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो ।

अविरल वर्षात्का कारणले गर्दा सञ्चारको माध्यमले समेत राम्रो सँग काम गर्न नसकेकोले थप विवरणहरु आउन कठिन रहेको र सबै क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरि विवरण संकलन र उद्धारमा खटिएको डिएसपी कुँबरले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -