- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको भीमसेन-६ अश्राङका ३ बर्षिय बालक कोरोनालाई जितेर घर फर्किए

July 6, 2020
751
Shares
- ADVERTISEMENT -

गोरखा, सोमबार, २२ असार २०७७ । गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत ३ बर्षिय बालक कोरोनालाई जितेर घर फकिएका छन् ।

जिल्लाको भीमसेन थापा गाउँपालिका–६, अश्राङका उनि १४ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आफन्तमा कोरोना संक्रमणको पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पिसिआर बिधिबाट परीक्षण गर्दा बालकमा पनि कोरोना संक्रमण भेटिएको थियो । संक्रमणको पुष्टी भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

संक्रमित बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पछिल्लो पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको निमित्त प्रमुख डा. थापाले जानकारी दिनुभयो । यो संगै गोरखा जिल्लामा कोरोनालाई जितेर घर फर्कनेको संख्या २८ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com