गोरखा, शनिबार, २० असार २०७७ । गोरखाको पालुङ्टार नगरपालिका वडा न ७ र ८ सिल गरिएको छ ।
पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय कोरना संक्रमित पुरुषको आज बिहान ५ः०५ बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सार्बजनिक भए संगै पालुङ्टार नगरपालिका वडा न ७ र ८ सिल गरिएको हो ।
पालुङ्टार नगरपालिका वडा न ७ र ८ अनिस्चित काल सम्म सिल गरिएको पालुङ्टार नगर प्रमुख ई. दिपक बाबु कंडेलले जानकारी दिनु भयो ।
कतारबाट फर्किएका उहाँलाई पालुङ्टार ७ मा रहेको क्वारेन्टाइनमा राखिएको थियो र परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भए पछि गोरखा अस्पताल पुर्याईएको बताइएको छ ।
अहिले उहाँको अन्त्येष्टिका लागि आवश्यक तयारी भइरहेको छ ।









































