- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

स्व गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा विराटनगरमा दीप प्रज्वलन

July 2, 2020
666
Shares
- ADVERTISEMENT -

विराटनगर, बिहिबार, १७ असार २०७७ । नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा विराटनगरमा दीप प्रज्वलन गरिएको छ । ९७ औ जन्मजयन्तीको अवसरमा जीपी कोइराला फाउण्डेशन मोरङले बरगाछी चौंकमा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । मंगलवार मात्रै जीपी कोइराला फाउण्डेशन युवा कार्यदल बनाएको मोरङले कोइरालाको जन्मजयन्तीका अवसरमा साताब्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार अंकित पोखरेलको संयोजकत्वमा युवा कार्यदल गठन भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बुधबार दीप प्रज्वलन गर्दै विराटनगरका मेयर भीम पराजुलीले गिरिजाप्रसाद कोइरालाको योगदान स्मरणीय रहने बताए ।

कोइरालाले देखाएको सहमती सहकार्य र एकताको खाचो अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । युवाहरुलाई साथमा लिएर जीपी फाउण्डेशनले गरिरहेको सामाजिक कार्यको मेयर पराजुलीले प्रशंसा गरे ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेस मोरङ सचिव नागेश कोइरालाले गिरिजाप्रसाद कोइरालाको राजनीतिक चेतना अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

फाउण्डेशन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बिन्दीया कार्की, ट्रेडयुनियन कांग्रेसका प्रदेश सदस्य नारायणबाबु कार्की, नेपाली कांग्रेस विराटनगर महानगरका कार्यत्रबाहक अध्यक्ष अरुण न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com