- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा नेपाली सेनाकाे गाडीमा टिपरको ठक्कर, ५ सेना घाइते

July 1, 2020
733
Shares
- ADVERTISEMENT -

गोरखा, बुधबार, १७ असार २०७७ । गोरखामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । गोरखा –आँबुखैरेनी सडकखण्ड अन्तरगत गोरखा नगरपालिका ११ को १५ किलोमा सेनाको गाडीलाई टिपरले ठक्कर दिएको हो ।

आँबुखैरनी तर्फबाट गोरखा सदरमुकाम आउदै गरेको नेपाली सेनाको बा १ झ ५८०० नम्बरकाे निसान गाडीमा विपरित दिशाबाट गइरहेको लु १ त ३८४६ टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा जिपमा सवार ५ जना सेना घाइते भएको र जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको एसपी गुरुङले बताउनु भयो ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com