Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:१० बिहान
- ADVERTISEMENT -

गोरखामा ३ जना थप गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ९४

प्रकाशित मिति: २०७७ असार १७, बुधबार

601
Shares

पोखरा, बुधबार, १७ असार २०७७ । गण्डकी प्रदेशमा बुधबार २८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९४ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा छ जिल्लामा २८ जनामा बुधबार बिहान कोरोना पुष्टि भएको हो ।

नवलपुरमा १० पुरुष र दुई जना महिलासहित १२ जना, गोरखाको एक महिला दुई पुरुष गरी तीन जना, कास्कीमा एक पुरुष, स्याङजामा तीन महिला र पाँच पुरुष गरी आठ जना, बाग्लुङमा तीन महिला र तनहुँमा एक महिलामा कोरोना पुष्टि भएको छ ।

सबै सङ्क्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

८३ वर्षीय पुरुष निको भएर घर फर्के
त्यसैगरी, मुस्ताङ जिल्ला मङ्गलबारबाट कोरोनामुक्त भएको छ । असार ६ गते कोरोना पुष्टि भएका ८३ वर्षीय पुरुष निको भएर घर फर्केसँगै मुस्ताङ कोरोनामुक्त भएको हो । सङ्क्रमण पुष्टि भएपछि ती वृद्धलाई जोमसोमस्थित आइसोलेसन कक्षमा राखिएको थियो । प्रदेशमा हालसम्म कोरोनाले दुई पुरुषको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -