Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:४२ बिहान
- ADVERTISEMENT -

गोरखाका ११ स्थानिय तहमध्ये मध्ये ८ पालिकामा देखियाे काेराेना

प्रकाशित मिति: २०७७ असार १५, सोमबार

592
Shares

गोरखा, सोमबार, १५ असार २०७७ । गोरखाका ११ स्थानिय तहमध्ये ८ वटामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । यसअघि ७ पालिकामा संक्रमण देखिएकाेमा आइतबार सिरानचोक गाउँपालिकामा समेत संक्रमण देखिएको छ ।

भारतबाट आएका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सिरानचोक गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सिरानचोक गाउँपालिका वडा न ५ छोप्राक घर भएका युवक वडा न ६ गाँखुको क्वारेन्टाइनमा बस्दै आएका थिए । यससँगै जिल्लाका ८ वटा स्थानिय तहमा कोरोनाका बिरामी भेटिएका छन् ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी कुल ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

हालसम्म धार्चे, चुमनुव्री र आरूघाट गाउपालिकामा कोरोना संक्रमण फेला पारेका छैन । आइसोलेशनमा रहेर उपचार गराइरहेका २० जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -