- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पर्यटनमन्त्री योगेश भट्टराईको घोषणा : पूर्वसूचना दिएँ, राम्रो काम नगर्ने कर्मचारीलाई अव हटाइन्छ

June 28, 2020
722
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, १४ असार २०७७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाउने घोषणा गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुबाटै काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने भन्दै काम नगर्ने कर्मचारी हटाउने घोषणा गर्नुभएको हो । ‘अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउनबाट हामी काममा प्रोएक्टिभ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ,’ पर्यटन मन्त्रालयले बैठकमा मन्त्री भट्टराईको भनाई उधृत गर्दै बिज्ञप्तीमार्फत भनेको छ, ‘त्यस बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नुहोला ।’

- ADVERTISEMENT -

Advertisement

आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उहाँले अव काम नगर्नेलाई सहन नसक्ने प्रष्ट पार्नुभयो । ‘तपाईंहरूले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए÷नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही जे गर्नुपर्ने हो, त्यो गरिन्छ,’ भट्टराईको भनाई थियो । उहाँले चालू वर्षमा सम्पन्न हुन बाँकी काम १५ दिनभित्र पूरा गरिसक्न पनि निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका सबै विमानस्थल सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकल कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा÷निकायप्रमुखलाई निर्देशन समेत दिनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com