- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिकाको विविध पक्षबारे छलफल असार १४ गते साँझ ५ बजेर ३० मिनेटमा गुगल मिटमा हुने

June 27, 2020
793
Shares
- ADVERTISEMENT -

गोरखा, शनिबार, १३ असार २०७७ । भिमसेन थापा गाउँपालिकाको विविध पक्षबारे छलफल गुगल मिटमा गरिने भएको छ । भिमसेन थापा गाउँपालिकाबाट गएर काठमाडौं वस्ने नागरिकहरुले आ-आफ्नो गाउँ ठाउँकाे विविध पक्षबारे छलफल गर्न अनलाइन बैठक आयाेजना गरिएको छ ।

विश्वभर साथै देशभर काेराेना महामारीको संकट वढेर गएकाे सन्दर्भमा भिमसेन थापा गाउँपालिकामा संक्रमण समुदायसम्म पुगि सकेकाे सन्दर्भमा हाम्रा नागरिकहरुमा सम्भावित क्षति हुन नदिन तथा कम गर्न यस गाउँपालिकाबाट नागरिकहरुकाे तर्फबाट के कस्ताे भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बारे छलफल गरिने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त वैठकले तय गरेका अन्य सामाजिक तथा मानविय क्षेत्रमा सकेकाे काम गर्दै जाने उद्देश्य समेत लिईएकाे आयाेजकले बताएका छन् । उक्त पहिलाे बैठक असार १४ गते साँझ ५.३० वजे गुगल मिटमा हुने पनि बताइएकाे छ ।

सोही बैठकमा सहभागी हुनका लागि भिमसेन थापा गाउँपालिका काठमाडौं समाज नामकाे मेसेन्जर ग्रुपमा जाेडिनु पर्नेछ । ईच्छुक सहभागीले त्यस पुर्व नै आफ्नो माेवाईल, ल्यापटप वा ग्याजेटमा गुगल मिट ( Google Meet App) डाउनलाेड गर्नु पर्नेछ । त्यहि ग्रुपमा अनलाइन लिङ्क प्रदान गरिने छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com