- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा आइसोलेशनका १९ जना कोरोना मुक्त, ९ जना डिस्चार्ज

June 26, 2020
785
Shares
- ADVERTISEMENT -

गोरखा, शुक्रबार, १२ असार २०७७ । गोरखा अस्पतालको आइसोलेशनमा रहेका १९ जना कोरोनामुक्त भएका छन् ।

बिहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त कोरोना परीक्षणको रिपोर्टमा आइसोलेशनका १९ जनामा कोरोना संक्रमण नरहेको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुमध्य नौ जनालाई बिहिबार साँझ नै डिस्चार्ज गरिएको गोरखा अस्पतालले जनाएको छ । गण्डकी गाउँपालिकाका पाँच जना र गोरखा नगरपालिकाका चार जनालाई घर पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

यसअघि आइसोलेशनमा भर्ना भएका ३१ जनामध्य १८ जना डिस्चार्ज भइसकेका र १३ जना मात्र अब अस्पतालको आइसोलेशनमा रहेका उनले बताए ।
त्यस्तै गोरखा अस्पतालको फिभर क्लिनिकबाट स्वाब परीक्षण गर्न पठाएकामध्य छ जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानलेले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाको क्वारेण्टाइनका ३७ जनामा पनि कोरोना नरहेको पुष्टि भएको छ । सूर्यज्योति मावि क्वारेण्टाइनका १९ जना र हिमालय मावि सौरपानी क्वारेण्टाइनका १८ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना गाउँपालिकाका कोरोना फोकल पर्सन कृष्ण भट्टले जानकारी दिए ।

त्यस्तै सिरानचोक गाउँपालिकाका १२ जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सर्वोदय आधारभूत विद्यालयका आठ जना, जनज्योति मावि चिप्लेटीका दुईजना र चन्द्रोदय मावि सिम्ले क्वारेण्टाइनका दुईजनाको रिपोर्ट नेगेटिभ आएको त्यहाँका स्वास्थ्यशाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गण्डकी गाउँपालिकाका आठ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रजावस्ती प्रावि क्वारेण्टाइनका तीनजना, भीमोदय आधारभूत विद्यालय क्वारेण्टाइनका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बेलीमाया श्रेष्ठले जानकारी दिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com