- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भिमसेनथापा गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठ )

June 24, 2020
2119
Shares
- ADVERTISEMENT -

गाउँ सभाका सदस्यहरु,
कर्मचारीवर्ग,
पत्रकार मित्रहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरु,

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमणवाट मानव सभ्यता र मानव जातिमाथि नै अकल्पनीय संकट आइपरेको छ । यस महामारी विरुद्ध स्थानीय सरकार आफ्नो सम्पूर्ण क्षमता, स्रोत र साधनका साथ जुटिरहेको यस कठिन घडिमा भिमसेनथापा गाउँपालिकाको गाउँ सभाको छैटांै अधिवेशनमा यस गाउँपालिकाको आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न
गईरहेको छु ।

- ADVERTISEMENT -

Advertisement

कोभिड–१९ को महामारीवाट सवै नागरिकलाई सुरक्षित राख्न लागू गरिएको लकडाउनको पूर्ण रुपमा परिपालना गर्नु भएकोमा स्थानीय वासी सवैमा धन्यवाद व्यक्त गर्दछु ।

आगामी दिनमा पनि यस महामारीवाट वच्न गाउँपालिकािेचाल्ने हरेक कदममा निरन्तर साथ र समर्थन पाइरहने विश्वास लिएको छु । संकटको यस घडिमा एकजुट भई महामारीको रोकथाम, नियन्त्रण , निदान र उपचारको कार्यमा अग्रपङ्तिमा अहोरात्र खटिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सर सफाईकर्मी, एम्वुलेन्स चालक लगायत राष्ट्रसेवकको योगदानको उच्च प्रशंसा गर्दछु ।

- ADVERTISEMENT -

Advertisement

जोखिमपूर्ण यस परिस्थितिमा आ–आफ्नो तहवाट खटिनु हुने जनप्रतिनिधि, राजनितिक दल, सञ्चारकर्मी, उद्योगी, व्यवसायी, निजी क्षेत्र नागरिक समाज लगायतका सवै व्यक्ति तथा संघ संस्थालाई धन्यवाद व्यक्त गर्दछु । भिमसेनथापा गाउँपालिकाले स्थापना गरेको बिपद व्यवस्थापन कोषमा स्वैच्छिक रुपमा योगदान गर्नुहुने वैक तथा वित्तिय संस्था, अन्य संघ संस्था,व्यक्ति एवं स्वास्थ्य सामाग्री तथा जिन्सी सामान सहयोग गर्नुहुने सवै महानुभावहरु प्रति आभार प्रकट गर्दछु ।

१ परिचय

१.१ स्थानीय तहको संक्षिप्त परिचय
मुलुकको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान कायम राख्ने सन्दर्भमा इतिहासका पानामा वीरतापूर्वक रक्तरञ्जित इतिहास रच्न सफल राष्ट्रप्रेमी कुशल शासक भिमसेनथापाको विश्रान्ति स्थलको रुपमा परिचित यस भिमसेनथापा गाउँपालिका गोरखा जिल्लामा गठित स्थानीय तहहरुमध्ये ऐतिहासिक राजनीतिक महत्व बोध गराउने विशिष्ट प्रकृतिको गाउँपालिका हो । नेपाल आमाका वीर सपूत भिमसेन थापाका राष्ट्रियता, इमान्दारिता, कर्तब्यबोध, भष्ट्राचार रहित शासन सञ्चालन प्रणाली कुशल नेतृत्वदायी राजनेता जस्ता उच्च गुणहरुको सम्मान, गौरव तथा उनका राजकीय नेतृत्वको अनुकरण गर्ने प्रयत्न गर्दै हामी अघि वढिरहेका छौं । हाम्रो यस ऐतिहासिक गाउँसभा मार्फत म राजनेता भीमसेन थापा लगायत इतिहासका विविध कालखण्डमा देश र जनताका खातिर निस्वार्थ भावले प्राण उत्सर्ग गर्ने सवै महान्शहीदहरुप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । आफ्नो राजनीतिक जीवनको अनन्त यात्रासम्म तिनै वीर शहीदका सपना पूरा गर्न शहीदहरुले देखाएको मार्गवाट निरन्तर अघि वढिरहने विश्वास समेत प्रकट गर्न चाहन्छु ।

पूर्वमा वुढीगण्डकी, दक्षिण– पश्चिममा गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका तथा उत्तरमा बारपाक सुलिकोट गाउँपालिका र आरुघाट गाउँपालिकाको वीचमा अवस्थित यस गाउँपालिकामा सबैखाले भूगोल र विविध प्राकृतिक सम्पदा तथा विकासको सम्भावना रहेको छ । एकातिर राष्ट्रिय गौरवको आयोजना वूढीगण्डकी जलाशय निर्माण हुँदा यहाँ थुप्रै पर्यटकीय विकासका अवसर पनि आउँदैछन्भने अर्काेतिर अत्यन्त उत्पादकत्व भएका जमिन डुब्ने हुनाले विस्थापित क्षेत्रका जनताका निम्ति नयाँ वस्ती निर्माण, सामाजिक संरचनाको वनोट, जातीय, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्यमा चुनौति पनि रहेको छ । यी चुनौतिहरुको सामना गर्ने दिशामा हामी वृहत्कार्ययोजनाका साथ अघि बढिरहेका छौं । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, सिंचाई, पर्यटन उद्योगधन्दा विद्युतीय अवस्था आदिको पूर्वाधारलाई सुधार गर्दै जनसहभागिता सहितको दीगो आर्थिक विकास अभियानमा हामी जुटिरहेका छौं । त्यसैगरी यस गाउँपालिकाको करीव विच भागवाट निर्माणाधिन मध्यपहाडी लोकमार्गको निर्माण भएपछि हुने उपलव्धि र फाईदाहरु त्यत्तिकै महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएको छु ।

हामीले यस गाउँपालिकालाई“कृषि, पर्यटन र पूर्वाधार भिमसेनथापा गाउँपालिका सम्वृद्धिको मूलआधार”नारा दिएका छौं ।

उल्लेखित नारालाई व्यवहारिक रुपान्तरण गर्नको लागि म यसै वार्षिक नीति तथाकार्यक्रम मार्फत भिमसेनथापा गाउँपालिकाको विकास र समृद्धिमा निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु ।

१.२ विद्यमान अवस्थाको समीक्षा

निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेका छन । वगुवा खेत, चारधारे र विर्खेपानी पम्पिङ खानेपानी योजनाको लनमाणर् कायण अगालि िविसकेका छन।् यसवाट सम्पुर्ण गाउँपालिकामा एक घर एक धारा अभियान सफल हँदुैगईरहेको छ । नमुना विद्यालय अवलोकन भ्रमण, १९ बुँदे घोषणा पत्र, शैक्षिक कार्य योजना, विद्यालय एकत्रित (मर्ज), दरबन्दी छ ।

मिलान, उपलब्धिको आधारमा तहगतरुपमा शिक्षकहरु तथा विद्यालयहरुलाई पुरस्कृत गर्ने परिपाटीको थालनी, पालिकास्तरीय शैक्षिक कार्यक्रममा एकरुपता, नमुना विद्यालय विकास, सम्पूर्ण विद्यालयहरुमा इ.सि.डी.कक्षा व्यवस्थापनका लागि दातृ निकाय सँगको संयुक्त लगानीमा बजेट विनियोजन, इ.सि.डी.सहजकर्ताहरुको आन्तरिक तलव वृद्धि, विद्यार्थी सहयोग कार्यक्रम एवं माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालयमा आइ.सि.टि ल्याव, आधारभूत शिक्षा उत्र्तीण परीक्षा प्रणाली सुधार, पालिका स्तरिय अतिरिक्त क्रियाकलाप जस्ता कार्यले शैक्षिक क्षेत्रमा आमुल परिवर्तन हुन गई शैक्षिक उपलब्धीका दृष्टिले हाम्रो गाँउपालिका गोरखा जिल्लामा नै उत्कृष्ट बन्ने आशा लिएको छु।

खेलकुद मैदान निर्माण, खेलकुद सामग्री खरिद,पालिका स्तरीय राष्टपति रनिङशिल्ड जस्ता प्रतियोगिता आयोजनाले खेलकुद क्षेत्रको विकासमा पनि गति लिएको छ । विभिन्न योजना तथा जनचेतनामूलक कार्यको माध्यमबाट महिला उत्थान, गाउँपालिका भित्र भिमसेनथापा चक्रपथ निर्माण गर्नको लागि डि.पि.आर र आई.ई.ई.तयार भई निर्माण कार्यको वोलपत्र आह्वान भइसकेको छ । आगामीआ.व.मा चक्रपथ निर्माणको पहिलो खण्डकोकार्य सम्पन्न गरिनेछ । सबै वडाहरुलाई सडक सञ्जालले जोडने काम पुरा भइसकेको हुनाले आगामी आ.व. देखि एक वडा एक वलियो सडक अभियानको रुपमा अघि बढाइनेछ । दामासाहीले भन्दा आवश्यकतामा आधारित वजेट विनियोजन गर्ने नीतिलाई निरन्तरता दिइनेछ । राष्ट्रिय भवन आचारसंहिता अनुरुप भवन निर्माण गर्ने, सूचना प्रविधि केन्द्रको निर्माण गर्ने, पर्यटन विकासको गुरुयोजना तयार गर्ने, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था गर्ने, वहुप्राविधिक शिक्षलय स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्ने, १५ शैयाको अस्पताल स्थापना गर्ने, एम्वुलेन्स सञ्चालन गर्ने, अनाथ वाल आश्रम स्थापना गर्ने, जेष्ठ जागरिक आश्रम स्थल बनाउने, प्राङ्गारिक उर्जा उपजको प्रयोग गर्ने, वुढिगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रवाट विस्थापितहरुको वसोवास वैज्ञानिक ढंगले गर्ने गराउने कार्यलाई सहजीकरण भइरहेको छ । विकासका योजनाहरुमा प्राथमिकता तोकि वजेट विनियोजन गर्ने निति अनुरुप पिउने पानी र सडक व्यवस्थित गर्ने विषय हाम्रो यतिवेलाको प्राथमिकता रहेको छ । माहामारी तथा विपद व्यवस्थापन अन्तर्गत कोरोना रोकथाम, विदेशवाट आउनेलाई क्वारेन्टाइनको व्यवस्थापन (खान, वस्न सहित) वाढी, पहिरो र प्राकृतिक विपदलाई समेत ध्यानमा राखि वजेट व्यवस्थापन
गर्ने निति ल्याइएको छ । व्यवसायिक कृषिमा जोड दिने र अनुदानको व्यवस्थागरिएको छ । खाली घार र मौरी सहितको मौरी घार सहुलियत दरमा वितरण गरिने व्यवस्था गरिएको छ । एक घर एक मौरीको घार अनुदानमा वितरण गरी मौरीपालक किसानलाई तालिम र मह उत्पादन, प्रशोधन र वजारीकरणको व्यवस्था गर्ने निति लिईएको छ । यसका साथै तात्कालिक र दीर्घकालीन विशिष्ट प्रकृतिका थप कार्यक्रमहरु समेत समावेश गरेको छु ।

१.२.२ कमजोर पक्ष

निर्वाचित भएर आएपछि आगामी ५ बर्ष भित्र हामीले यस गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ नीति, कार्यक्रम,योजना निर्माण र बजेट विनियोजन गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने क्रममा नयाँ खाले राज्य संरचना, नयाँ परिस्थितिमा नेतृत्वलाई अनुकूलन बनाउने प्रारम्भिक अभ्यासको कमि , केन्द्र सरकारको स्थानीय तहका अधिकारबारे अस्पष्ट दृष्टिकोण हुनु, यसले पनि हाम्रा विकासका गतिहरु सबल भएर अघि बढ्न सकेका छैनन् । हामीकहाँ अझै पनि दीर्घकालीन सोच राखेर व्यापक सहभागिताका साथ वडागत रुपमा योजना छनोट गर्ने परिपाटी थालनी गर्न सकिएको छैन ।

यसै गरी आ.व. शुरु भए देखि नै योजनाहरु छिटो सञ्चालनमा आउन सकेका छैनन् । हामीले अझै पनि कृषि, पशु, स्वास्थ्य, सहकारी जस्ता क्षेत्रमा असशातीत सफलता प्राप्त गर्न सकेका छैनौं । परम्परागत कार्य संस्कृति तथा मानसिकता, कानुनी जटिलता, कार्यतालिका बनाई कार्य गर्न नसक्नु, उपभोक्ताहरुको विकास प्रति जिम्मेवारी कम हुनु, माथि देखि तल सम्म समन्वयको अभाव हुनु ,अनुगमन प्रणाली अझै चुस्त हुन नसक्नु, समयमै बजेट व्यवस्था हुँदा समेत विकास वजेट खर्च गर्न नसक्नु यसका कारण हुन । आगामी आ.व. मा यी सबै व्यवधान हटाउँदै समयमै रकम निकासा एवं भूक्तनी लिने, विकास निर्माण कामको समयमै थालनी र कार्य सम्पन्न गर्ने, योजनाहरुको
त्रैमासिक मूल्यांकन र भुक्तानी गर्ने व्यवस्था गर्ने र खर्च प्रणालीलाई पारदर्शी र जफावदेही वनाउने कार्यलाई कडाइका साथ कार्यान्वयनमा ल्याइनेछ ।

१.२.३ अवसर

हामीमा विविध प्रकारका कठिनाइ,चुनौति हँुदा हुँदै पनि समृद्धितर्फ अग्रसर हुने थुप्रै अवसरहरु पनि प्राप्त भएका छन् । हाम्रा स्थानीय तहका सबै नेतृत्वहरुमा अनुभव र परिपक्कता वृद्धि हुँदै गएको छ । विकास निर्माणप्रति जनताको चासो बढेको छ ।

गत आ.व. मा धेरै महत्वपूर्ण योजनाहरुको पूर्वाधार निर्माण भइसकेको र यिनै पूर्वाधारमा टेकेर आगामी आ.व. मा द्रुतगतिमा विकासको बाटोमा अघि बढ्ने अवसर हामीलाई प्राप्त भएको छ ।

हाम्रो पालिकामा हामीले सबै वडाहरुसंग समन्वय गरेर अघि बढ्न सके खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशु, बिद्युत सबै क्षेत्रको विकास गर्ने महत्वपूर्ण अवसर छ । निर्णय हाम्रै, बजेट हाम्रै, योजनाहरु हाम्रै, हामीनै कार्यान्वयनकर्ता भएकाले हामीले इमान्दार भएर काम गर्न सक्यौं भने पक्कै पनि हामी र हाम्रो गाउँपालिकाको भाग्य रभविष्य निर्माण गर्ने अवसर हामी सँग छ भन्ने मलाई विश्वास छ ।

१.२.४ चुनौति

जुनसुकै कार्य निर्माणको सिलसिलामा चुनौतिहरु आउनु स्वभाविक हो तथापि कठिनाइ युक्त भूगोल, आफ्नै गाउँ पालिकाको भवन नहुनु, विषयगत कार्यालयहरु व्यवस्थित भई नसक्नु, पालिकाको आलथकण विकासको सम्भािना बोकेको पशु क्षेत्रमा कमणचारी न्यनु हनु,ु निर्वाहमूखि खेतिले किसानको अर्थतन्त्र माथि उठाउन नसक्नु, माटो परिक्षण गराउन माटो परिक्षण गने ल्याव स्थापना गराउन नसक्न जस्ता परिस्थिति हाम्रा लागि चुनौतिपूर्ण बन्न पुगेका छन्। उपभोक्ता समितिहरुलाई चुस्त एवं चेतनशील बनाई चौमासिक रुपमा कार्य सम्पादन गरी योजनाको तुरुन्त भुक्तानी दिने परम्पराको थालनी गरी समयमा योजना सम्पन्न गर्ने गरी इच्छा, आवश्यकता र तत्परताको आधारमा प्रत्येक योजनालाई प्रतिफलमुखी बनाउनुपर्ने चुनौतिलाई यसआ.व.मा सबै मिलेर सामना गरौं भन्ने आग्रह समेत गर्दछु ।

१.३ नीति तथा कार्यक्रम तर्जूमा गर्दा अवलम्वन गरिएका पद्दति अव म भिमसेनथापा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ मा लिने नीति तथा कार्यक्रम तय गर्दा अवलम्वन गरिएका पद्दतिहरु उल्लेख गर्न चाहान्छु ।

आ.व. २०७७÷०७८ को वार्षिक नीति र कार्यक्रम तयार गर्दा नेपालको संविधान ९२०७२० को भाग ४ मा उल्लिखित राज्यको निर्देशक सिद्धान्त तथा नीतिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिवद्धताहरु, संवैधानिक अधिकार, संघीय सरकार, प्रदेश सरकारको , दीगो विकास का लक्ष्यहरु, राष्ट्रिय विकासका प्राथमिकता प्राप्त क्षेत्रहरु, स्थानीय सरकार सञ्चालन ऐन २०७४, आवधिक योजना, रणनीतिक योजना, क्षेत्रगत गुरुयोजना, सार्वजनिक नीतिका आधारभूत मान्यताहरु, निर्वाचनमा जनतासँग गरिएका प्रतिवद्धताहरु।

वडागतरुपमा जनताहरुका प्रतिक्रिया, राजनीतिक दलहरु, विकास साझेदारहरु, गाउँपालिकाका विषयगत शाखाका प्रतिवेदनहरु तथा गाउँ कार्यपालिकाका सदस्यहरुको सुझाव र सल्लाहलाई समेत ध्यान दिएको छु ।

१.४. नीति तथा कार्यक्रम निर्माणका प्राथमिकीकरणका आधारहरु

आ.व. २०७७÷०७८ मा सञ्चालन हुने योजनाहरुको मुख्य प्राथमिकताव्रmमनिम्नानुसार तोकेको छु ।

१. आधारभूत स्वास्थ्य र सरसफाइ
२. आर्थिक विकास (व्यवसायिक कृषि र उद्यमशीलता, सहकारी)
३. स्थानीय पूर्वाधार (सडक, खानेपानी, सिंचाइ, उर्जा) निर्माण र सुधार
४.सामुदायिक विद्यालयहरुको सुधार र प्रभावकारी व्यवस्थापन,शिक्षामा गुणात्मक सुधार
५. सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग
६. पर्यटन प्रवद्र्धनका निम्ति गुरुयोजना निर्माण
७. बहुप्राविधिक शिक्षालय स्थापना
८. युवा स्वरोजगारका विषेश कार्यक्रमहरु
९) महिला, वालवालिका तथा अपाङ्गता सम्वन्धि कार्यक्रम
१०) अल्पसङ्ख्यक वर्ग विशष कार्यक्रम

२.माथि उल्लेखित नीति तथा कार्यक्रम निर्माण गर्दा मैले निम्न लिखित पक्षहरुलाई ध्यान दिएको छु ।

२.१ वडा समितिहरुवाट प्राप्त योजनाहरुको माग, छनौट र प्राथमिकीकरण ।
२.२ नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य र समय सीमा ।
२.३ योजनाहरुको सम्भाव्य अध्ययन तथा साधन र स्रोतको अनुमान ।
२.४ विषयगत समितिहरुवाट प्राप्त सल्लाह र सुझावहरु ।
२.५ राजनैतिक दलहरुवाट दिइएको सल्लाह र सुझावहरु
२.६ स्थानीय वुद्धिजीवीहरु, विज्ञहरु तथा गाउँवासी दाजुभाई तथा दिदिवहिनीहरुको

सुझाव र सल्लाह ।
३. कोभिड–१९ को महामारीवाट नागरिकलाई सुरक्षित राख्न, संक्रमितलाई प्रभावकारी उपचार सेवा गर्न र शिथिल अर्थतन्त्रलाई गतिशिल वनाउन प्रस्तुत निति तथा कार्यक्रमले देहायका विषयलाई प्राथमिकता दिएको छ ।

३.१ कोभिड–१९ को परिक्षणको कार्यलाई व्यापक रुपमा विस्तार गर्ने र निशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

३.२ महामारीवाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र यस्ता महामारी विरुद्ध लड्न स्वास्थ्य प्रणालीलाई सुदृढ गरिनेछ ।

३.३ ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने र विपन्न व्यक्तिहरुलाई िन्दािन्दी ९लकडाउन० को अवधिमा जीवन निर्वाहका लागि वडासंगको परामर्शमा रोजगार मुलक राहत कार्यक्रम संचालन गरीनेछ ।

३.४ महामारीवाट प्रभावित दैनिक रुपमा ज्यालादारी गर्ने मजदुर महिला, दलित, गरिव, तथा सीमान्तकृत, असहाय तथा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकको हित एवं संरक्षण गर्न विशेष कार्यक्रम ल्याइनेछ ।

३.५ पर्यटन, कृषि, उद्योग, यातायात, निर्माण लगायतका व्यवसायलाई महामारीले पारेको असरका आधारमा क्षेत्रगत पुनरुत्थानका विशेष कार्यक्रम संचालन गरिनेछ ।

३.६ रोजगारी गुमाएका, विदेश जान रोकिएका र विदेशवाट फर्केका व्यक्तिको श्रम,पुजी, सीप र रुचिका आधारमा पर्यटन, कृषि, उद्योग यातायात, निर्माण लगायतका क्षेत्रमा आवश्यकता अनुसार प्राविधिक तथा व्यवसायिक तालिम, प्रविधि तथा वीउपुजी प्रदान गरी उद्यमशीलता विकास तथा स्वरोजगारी र रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।

३.७ महामारीका कारण परेको मनोवैज्ञानिक असरलाई सम्वोधन गर्न सचेतनामूलक तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।

३.८ कोरोना भाईरस रोकथाम, नियन्त्रण, निदान र उपचार तथा विपद एवं अन्य महामारी व्यवस्थापनको लागि एकमुष्ट वास्केट फण्ड ९द्यबकपभत ँगलम० वजेट व्यवस्था गरिनेछ ।

४.आन्तरीक राजश्व परिचालन , कानुन र वजेट सिमा सम्वन्धमा

४.१ आन्तरिक राजश्व परिचालनमा देहायको नीति कार्यान्वयनमा ल्याइनेछ । भिमसेनथापा गाउँपालिकाको आन्तरिक राजश्व परिचालनलाई मजवुद वनाउन करको दायरा फराकिलो वनाउन आवश्यक व्यवस्था मिलाइने छ । मालपोत (भूमिकर) वक्यौतालाई कडाइका साथ असुल गरिनेछ । हरेक आ.व.को मालपोत कर तोकेको समयमा वुझाउन प्रोत्साहन गरिनेछ । उद्योग व्यापार
व्यवसाय लाई दर्ता गरि करको दायरामा ल्याउने नीति अन्र्तगत २३७ वटा व्यापार व्यवसायहरु दर्ता भईसकेका छन् । चालु आ.व.२०७७÷७८ मा सवै व्यवसायलाई दर्ता गरी नियमन गरिनेछ । गाउँपालिका क्षेत्र भित्रको नदिजन्य पदार्थ ढुंगा, गिटि, वालुवाको अवैध ओसारपसारलाई पूर्णत निषेध गरिनेछ ।

कानुन सम्मत नदिजन्य पदार्थको ओसारपसारलाई करको दायरामा ल्याइनेछ ।

४.२ कानुन (ऐन, नियम, निर्देशिका, कार्यविधि, दिग्दर्शन, मापदण्ड) निर्माणमा
देहायको व्यवस्था मिलाईनेछ ।

स्थानीय तहलाई नेपालको संविधान (२०७२) को अनुसुची–८ मा तोकिएको स्थानीय तहको एकल अधिकारको सुची, अनुसुची–९ मा तोकिएको संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सुची कार्यन्वयनको जग नै कानून हो । तसर्थ हाल सम्म ९ वटा कानून र १६ वटा कार्यविधि वनाई कार्यन्वयनमा ल्याई सकिएको छ । यसै अधिवेशनमा ९ वटा महत्वपूर्ण बिधेयकहरु छलफलको लागि प्रस्ताव गरेको छु । उक्त बिधेयकहरु यसै अधिवेशनवाट निर्माण हुने विश्वास लिएको छु । ऐन अन्तर्गत आवश्यकता अनुसार नियमावली , निर्देशिका , कार्यविधि, मार्गदर्शन,मापदण्ड वनाई कार्यन्वयनमा ल्याईने छ । सुशासन प्रवद्र्धनको लागि काननको शासन ९च्गभि या बिध० प्रणालीलाई थप प्रभावकारी वनाईनेछ ।

आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति िथा कायणक्रममा मुख्यतः पाँचवटा क्षेत्रलाई मुख्य आधार बनाएर कार्यक्रम प्रस्तुत गरेको छु ।

ती क्षेत्रहरु यस प्रकार रहेका छन् ।
५.१ सामाजिक क्षेत्र ।
५.२ आर्थिक क्षेत्र ।
५.३ पूर्वाधार क्षेत्र ।
५.४ वन, वातावरण तथा विपद्व्यवस्थापनक्षेत्र ।
५.५ संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्र ।
माथि उल्लेखित क्षेत्रगत कार्यक्रम कार्यान्वयनका लागि ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं परम्परागत मूल्य, मान्यता र गा.पा.को वास्तविक वस्तुस्थिति झल्कने भिलेज प्रोफाइल र डकुमेन्ट्री निर्माण गरिनेछ ।

५.१ सामाजिक विकास क्षेत्र

५ं.१.१ स्वास्थ्यः

भिमसेनथापा गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासको लागि तय गरेको उदघोष तथा स्वास्थ्य क्षेत्रमा अवलम्वन गरेको नीति यस प्रकार रहेको छ । “उद्घोष ः गाउँपालिकाको शक्ति स्वस्थ जनशक्ति”
वडा नं. २ र ८ मा स्वास्थ्यचौकी निर्माण एवं सामुदायिक स्वास्थ्य इकाईहरुलाई सुदृणीकरण गरिनेछ ।
उत्तर प्रसुति सेवा घरघरमा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन अनुदानउपलब्ध गराइनेछ ।
सबै स्वास्थ्य चौकीहरुमा सुरक्षित ढंगले सुत्केरी गराउने व्यवस्था मिलाइनेछ ।
प्रत्येकद्यष्चतजष्लन ऋभलतचभमा गर्भवती महिला आरामकक्षको निर्माण गरिनेछ ।
वर्थिङ्ग सेन्टरमा कार्यरत कर्मचारीहरुलाई विशेष आर्थिक प्रोत्साहन सुविधा दिइनेछ ।
प्रत्येक स्वास्थ्य संस्थामा वैकल्पिक वत्तीको व्यवस्था मिलाइनेछ ।
सामुदायिक विद्यालयहरुलाई प्राथमिक उपचारका औषधी तथा आवश्यक उपकरणहरु उपलब्ध गराइनेछ ।
संघ र प्रदेश समेतको सहयोगमा १५ शैयाको अस्पताल निर्माणको गुरुयोजना तयार गरी निर्माण कार्य अघि बढाइनेछ ।
उपचार प्रक्रियालाई सहज र छिटो बनाउन यसै आ.व.मा एम्बुलेन्स सेवा संचालनमा ल्याई स्वास्थ्य सेवालाई थप प्रभावकारी वनाईनेछ ।
यस गाउँपालिकाभित्र उत्पन्न हुनसक्ने प्रकोप र महामारी नियन्त्रण गर्न गाउँपालिका तथा वडागत रुपमा खडा गरी प्रत्येक लाई १ स्ट्रेचर र सबै स्वास्थ्य चौकीहरुलाई २÷२ वटा स्ट्रेचर तथा संकटकालिन संचित औषधिको व्यवस्था मिलाई सकिएकोले कार्यन्वयन गरिनेछ ।
अस्पताल वा स्वास्थ्यसंस्थाबाट वच्चा जन्माउने सुत्केरी आमालाई ठददैआएको रु.१५००÷–(अक्षेरुपीएक हजार पाँच सय रुपैयाँमात्र) एकमुष्ट सुत्केरी पोषणखर्चलाई निरन्तरता दिइनेछ ।
वडागत रुपमा विशेषज्ञ सहितको घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ ।
विपन्न, दलित, गर्भवती महिला र जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्न घरदैलो कार्यक्रम संचालन गरि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष घरदैलो कार्यक्रम संचालन गरिनेछ ।
सबै विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिनेछ ।
गाउँपालिका अध्यक्ष निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम त्रैमासिक रुपमा ८ वडामा नै संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
गाउँपालिका अध्यक्ष वृद्धवृद्धा स्वास्थ्य उपचार कार्यक्रम संचालन गरिनेछ ।
एक विद्यालय एक नर्स कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन यसै वर्षवाट शुरुवातगरिनेछ ।
कोभिड १९ को कारण उत्पन असहज परिस्थितिमा समेत अहोरात्र खटिने स्वास्थ्यकर्मि लगायत सो कार्यमा खटिने राष्ट्रसेवक कर्मचारीहरुलाई उचितप्रोत्साहनको व्यवस्था मिलाईनेछ ।

५.१.२ शिक्षा

भिमसेनथापा गाउँपालिकाले शिक्षा क्षेत्रको विकासको लागि तय गरेको उदघोष तथा शिक्षाको क्षेत्रमा अवलम्वन गरेको नीति यस प्रकार रहेको छ ।

 गाँउपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम २०७८ घोषणा गरी गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
 आवश्यकतामा आधारित विद्यालय, विद्यालयमा आधारित शिक्षक भन्नेनितिलाई निरन्तरता दिइनेछ ।
शिक्षामा सवैको पहूँच पु¥याउन आधारभूत शिक्षालाई प्रभावकारी वनाइने छ ।
क्भ्भ् लगायत स्तरमापन परिक्षामा सर्वोत्कृष्ट हुन सफल विद्यालयहरुलाई विशेष आर्थिक अनुदान उपलब्ध गराइनेछ ।
विद्यालयहरुलाई अन्तरपालिका प्रतिस्पर्धा गर्न प्रोत्साहनमूलक अनुदानको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
आवश्यकता विश्लेषणको आधारमा पालिका अनुदान शिक्षक व्यवस्थापनमा नियमन गरी आवश्यक विद्यालयलाई मात्र एकमुष्ट अनुदान दिने कार्यलाई निरन्तरता दिइनेछ ।
सिकाइ उपलब्धिको न्यूनतम मापदण्ड तोकी परिणाम÷प्रतिफल÷उपलव्धि र उत्पादकत्वमा आधारित शिक्षकलाई थप सुविधा तथा पुरस्कार उपलब्ध गराउने तथा सजायको व्यवस्था मिलाइनेछ ।
शिक्षक समेतको लगानी किटान गरी शिक्षकको पेशागत सक्षमतामा वृद्वि गर्ने शैक्षिक तालिमहरु संचालन गरिनेछ ।
५ वर्षे विद्यालय सुधार योजना निर्माण गर्न अभिमुखीकरण तालिम सञ्चालन गरिने छ र यसै आ.व.मा विद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । आवश्यकता र मापदण्डमा आधारित अनुदान प्रणाली लागु गरिनेछ ।
विद्यालय सरसफाई एवं फोहोरमैला व्यवस्थापन, स्वच्छ खानेपानीको व्यवस्था, प्लाष्टिक जन्य वस्तु निशेधित क्षेत्र घोषणा, अपाङ्ग तथा वालमैत्री शौचालय निर्माण, विद्यालय परिसरमा गार्डेनको व्यवस्थालाई कार्यविधि वनाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
अतिरिक्त कक्षा चलाउन÷संचालन गर्ने मापदण्ड निर्धारण गरी वर्षे विदा लगायत अतिरिक्त पठनपाठनलाई उपलब्धि वनाउन गाउँपालिकाभरी
एकरुपता र समान अवधारणा ल्याईने छ ।
कक्षा ३, ५ र ८ को स्तरमापन परीक्षा संचालन गर्न नतिजा विश्लेषणको आधारमा विद्यालयलाई थप आर्थिक प्रोत्साहन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
अन्र्तराष्ट्रिय साक्षरता दिवस सेप्टेम्वर ८ का दिन विशेष कार्यक्रम आयोजना गरी कक्षा ३, कक्षा ५, कक्षा ८, कक्षा १० र कक्षा १२ को नतिजाको आधारमा विद्यालयगत, विषयगत शिक्षक तथा उत्कृष्ट विद्यार्थी छनौट गरी परस्कृित् गरिनेछ ।
प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गरी न्यून उपलब्धी र अपेक्षित उपलब्धीको आधारमा पुरस्कृत एवं नसिहत दिने व्यवस्था मिलाइनेछ ।
विद्यालय व्यवस्थापन, शिक्षण विधि तथा शैक्षिक समस्या केन्द्रित शीर्षकमा लघु अनुसन्धान गर्न प्रस्ताव पेश गर्ने शिक्षक तथा कर्मचारीहरुलाई भिमसेनथापा स्मृति प्रोत्साहनमूलक अनुदान उपलब्ध गराइनेछ ।
पालिकास्तरीय स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियालाई अगाडी वढाइनेछ ।
विद्यालय पुर्ननिर्माण कार्य यसै आ.व. मा सम्पन्न गर्न सम्वन्धित निका आयसँग सहकार्य गरिनेछ ।
अन्तर विद्यालय अवलोकन भ्रमण कार्यक्रम संचालनमा ल्याइनेछ ।
पालिका स्तरीय विषयगत समिति निर्माण गरी विषयगत सक्षमता अभिवृद्वि गर्ने कार्यक्रम संचालनमा ल्याइनेछ ।
बहु–प्राविधिक शिक्षालय स्थापनाको पूर्वाधार निर्माण कार्य सम्पन्न गरिनेछ ।
वालमैत्री गाउँपालिका घोषणा कार्यक्रम संचालन गरिनेछ ।
दुल्लभ बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्विका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप संचालन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।
सामुदायिक सिकाइ केन्द्रहरुलाई व्यवस्थित गरी समुदायमा निरन्तर सिकाइ तथा आय–आर्जन समूह मार्फत विभिन्न क्रियाकलाप संचालन गरिनेछ ।
विद्यालय अनुगमन र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाइनेछ ।
कक्षा ६–८ का विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरिनेछ ।
प्रत्येक मा.वि.मा किशोर किशोरी तालिम कार्यकश्रमलाई निरन्तरता दिइनेछ ।
 आवश्यकता अनसार घुम्तीसेवा (रोमिङ्ग सेवा) शिक्षकको व्यवस्था गरिनेछ ।

५.१.३ भाषा, कला र संस्कृति

लोक संस्कृति र कलाको संरक्षण गर्न गाउँपालिका स्तरमा कला, साहित्य र सांस्कृतिक केन्द्रको स्थापना गर्न सम्भाव्यता अध्ययन गरी कार्यन्वयनमा ल्याईनेछ ।
लेखक तथा साहित्यकारहरुको साहित्यिक रचना प्रकाशन गर्न प्रोत्साहन गरिनेछ ।
पुरातात्विक सम्ंपदाका रुपमा रहेका मठ–मन्दिर, मदर्शा, पाटी पौवा, गुठीहरुको व्यवस्थापन कार्यमा जोड दिइनेछ ।
भिमसेनथापा स्मारक र संङग्राहलय निर्माण कार्यका लागि आवश्यक वजेट विनियोन गरीने छ ।
तान्द्राङ्गकोट (सिद्धकाली मन्दिर) पदमार्ग निर्माण गरी पर्यटकीय स्थलको रुपमा विकसित गरिनेछ ।
काशीघाटमा पशुपति नाथको मन्दिर निर्माण गरी शिवरात्रिमा विशेष मेलाको आयोजना गरिनेछ ।
तान्द्राङको सिद्दकाली मन्दिर,अश्राङको चण्डी मन्दिर,धावाको इतला पोखरी र
मसेलको ठूलोपोखरी र िोिाणङ्गको कमलपोखरी निर्माणमा बजेट विनियोजन गरिनेछ

भाषा, कला र संस्कृति लगायतको संरक्षण गर्न ३ दिने भिमसेनथापा महोत्सव संचालन गरिनेछ ।
 सम्बद्ध कृलि प्रकाशन गनण , मौलिकिाको आधारमा विशेि प्रोत्साहन गररनेछ ।

५.१.४ खानेपानी तथा सरसफाइ

भिमसेनथापा गाउँपालिकाले खानेपानी तथा सरसफाई क्षेत्रको विकासको लागि तय गरेको उदघोष तथा खानेपानी तथा सरसफाई क्षेत्रमा अवलम्वन गरेको नीति यस प्रकार रहेको छ । उद्घोष ः “एक घर एक धारा गाउँपालिकाको अभिभारा”
गाउँपालिका भित्र एक घर एक धारा मुल नारालाई सार्थक वनाउन वजेटको प्रर्याप्त व्यवस्था गरिनेछ ।
संचालित खानेपानी योजनाको निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
मुहान दर्ता, उपभोक्ता समिति गठन, संचालन तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिईनेछ ।
सबै पानीका मूहानहरु ब्यवस्थित गर्न तथा ठुला लिफ्टिङ खानेपानी आयोजनाहरुलाईसम्पन्न गर्ने तर्फ विशेष ध्यान दिई निर्माण कार्यलाई थप
प्रभावकारी वनाईनेछ ।
खानेपानीको पहुँचभन्दा बाहिर रहेका बस्तीहरु खानेपानीको कार्यक्रम सञ्चालन गरिनेछ ।
मुख्य बजार तथा बस्तीहरुमा फोहोर जम्मा गर्ने डस्टबिन राखी उचित ठाउँमा फोहोर संकलन र ब्यबस्थापन गरिनेछ ।
पालिका भित्रको फोहोरमैला व्यवस्थापन गर्नको लागि उपयूक्त डम्पिङ साइटको खोजी गरिनेछ।
प्रत्येक वडामा टोलगत रुपमा टोल सुधार समिति गठन गरी समितिको नेतृत्वमा विभिन्न संस्थाको सहयोग लिई स्थानीय जनताको संलग्नतामा टोल बस्ती सरसफाइ अभियान सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइने छ ।
प्रत्येक वडामा एक उत्कृष्ट सफा घर र एक उत्कृष्ट सफा बिद्यालय छनौट गरी पुरस्कारको व्यबस्था गरिनेछ ।
सार्बजानिक स्थल सडक क्षेत्रमा फोहोर फाल्ने ब्यक्तिलाई उपयुक्त मापदण्ड बनाई दण्ड सजायकोब्यवस्था गरिनेछ ।
हरेक वडामा सञ्चालित खानेपानी योजनाहरुमा विनियोजित बजेटको १ प्रतिशत रकम खानेपानी तथा सरसफाइ सम्भार कोषमा जम्मा गर्ने नीति लिइनेछ ।

५.१.५ लैङगिक समानता तथा सामजिक समाबेशीकरण

बाल अधिकार, महिला अधिकार तथा सामाजिक न्यायमा महिलाको पहुँच सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
महिलामा क्षमता विकास, नेतृत्व विकास तथा आय आर्जन सम्वन्धी विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
स्थानीय तहमेै बसेर ब्यवसाय सञ्चालन गर्न चाहने कम्तिमा १५ जना सम्मको समुहलाई नमुना महिला समूहको रुपमा प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ ।
क.श्रेणीमा नपरेका जटिल प्रकृतिका अपाङ्ग विधार्थीह्ररुलाई निजले पढ्न चाहेसम्मको शिक्षाको लागि विशेष छात्रवृत्ति प्रदान गरिनेछ ।
सबै प्रकारका निर्माण कार्यलाई अपाङ्गतामैत्री बनाइनेछ ।
दूई छोरी जन्माई स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई १२कक्षासम्म निशुल्क
पठनपाठनको व्यवस्था लागु गरीने छ ।

५.१.६ ग्रैह सरकारी संघ संस्था

भिमसेन थापा गाउँपालिका क्षेत्रमा काम गर्ने गैह्र सरकारी संस्थाहरुको एचयाष्भि तयार गरी गैह्र सरकारी डेक्स स्थापना गरिनेछ ।
गैह्र सरकारी संस्था र गाउँपालिकाको नीति तथा कार्यक्रम संगै भन्ने मान्यताका साथ कार्यक्रमहरु संञ्चालन गरिनेछ ।
गैह्र सरकारी संस्था क्लब, नागरिक सचेतना केन्दजस्ता बिकास साझेदारी संस्था संग समन्वय गरी एकीकृत बिकास निर्माण कार्य गर्न निर्देशिका तयार गरिनेछ ।
गैर सरकारी संस्थाको गतिविधि नियमन गर्दै एकद्धार प्रणालीबाट कार्यक्रम संचालन गर्ने नीति लिइने छ ।

५.१.७ लक्षितबर्ग

जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बितरणमा सरलीकरण गर्दै एकद्धार प्रणालीबाट कार्यक्रम संचालन गर्ने नीति लिइने छ ।
हरेक बर्ष उपर्युक्त समयमा गाउँपालिका स्तरीय जेष्ठ नागरिक घोषणा तथा सम्मान काय्र्रक्रम सञ्चालन गरिनेछ ।
जेष्ठ नागरिक समाज स्थापना गरी आदर्शमूलक चेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रत्येक वडामा जेष्ठ नागरिक लक्षित पार्क, उद्यान तथा आराम कक्ष निर्माण गरिनेछ ।
८० वर्ष नाघेका वृद्धावृद्धालाई लौरो वितरण कार्यक्रम संचालन गरीने छ ।
जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यलाई थप व्यवस्थित र सुविधायुक्त वनाईनेछ।

५.१.८ दलित समुदाय

जातीय भेदभाव तथा छुवाछुत प्रथालाई पुर्ण रुपमा निरुत्साहित गरिनेछ ।
दलित महिला सहकारी स्थापना गरी आत्मनिर्भरतातर्फ अग्रसर बनाइनेछ ।
दलित नमुना बस्ती बिकास गरिनेछ ।
दलित समुदायका बिद्यार्थीहरुको शैक्षिक विकासमा विशेष ध्यान दिइनेछ ।
दलित समुदायमा बिद्यमान परम्परागत सीपलाई आधुनिकीकरण गर्दै लघु उद्योगको रुपमा विकास गरिनेछ ।
दलित बिशेष सम्मान कार्यक्रम गरिनेछ ।
दलित वस्तीमा दलित लक्षित अभिमुखिकरण तालिम संचालन गरिनेछ ।

५.१.९ बालबालिका

गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिनेछ ।
बालश्रम, बाल यौनशोषण, बालबिवाह र बालहिंसा न्यूनीकरण गर्न प्रचलित कानुनको प्रभावकारी कार्यन्वयन गरिनेछ ।
बाल क्लब, बाल सञ्जाल निर्माण गरी बालअधिकारको प्रचार प्रसार एवं बालअधिकारकोरक्षा गरिनेछ ।
गाउँपालिका स्तरीय बाल संरक्षण समिति निर्माण गरी बालबालिकाहरुको क्षमता
बिकास कार्यक्रमहरु संञ्चालन गरिनेछ ।

५.१.१० महिला

अल्पसङख्यक वर्गका परिवारमा जन्मेका बच्चाहरुलाई मेगा बैंकमा रु १०००।– बचत हुने गरी खाता खोलिनेछ ।
सामुदायिक सिकाई केन्द्र मार्फत महिला साक्षर तथा सीप आर्जन कार्यमा सक्षम बनाउन तह २को निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
महिला क्षमता विकासका निम्ति नेतृत्व, सीपमूलक, क्षमतामूलक र चेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
सूनौलो हजार दिनका आमाहरु लक्षित विशेष कार्यक्रम लाई निरन्तरता दिइने छ ।
महिला जनप्रतिनिधिहरुको क्षमता बिकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
सामाजिक सेवा प्रवाह गर्ने संस्थामा नेतृत्व प्रदान गर्न चाहने महिलाहरुको रोष्टर तयार गरी समाज सेवामा महिलाको योगदान भन्ने अभियान संञ्चालन गरिनेछ ।
महिला सहकारी कार्यक्रमलाई बिशेष प्रोत्साहन दिइनेछ ।
महिला हिंसा, मानव बेचबिखन न्यूनीकरणका चेतनामूलक कार्यक्रम संञ्चालन गरिनेछ ।
सीमान्तकृत बिपन्न तथा एकल महिला लक्षित आय आर्जन कार्यक्रम सञ्चालन गरिनेछ ।
अशक्त, असहाय, बृद्ध तथा बिपन्न महिलाका लागि कानुनी परामर्श डेक्स स्थापना गर्ने कार्यलाई अगाडि बढाइनेछ ।

५.१.११ आदिबासी जनजाति

आदिबासी जनजातिका भाषा, संस्कृति भेषभूषा संरक्षण गर्न सम्भाब्यता अध्ययन गरिनेछ ।
आदिबासी जनजाति, मुस्लिम तथा अल्पसंख्यक जातिको जीवन स्तर सुधार सम्बन्धी बिशेष कार्यक्रम कार्यन्वयनमा ल्याइनेछ ।
आदिबासी जनजातिका पुरातात्विक बस्तु, संग्रालय स्थापन गर्न पहल गरिनेछ ।

५.१.१२ अपाङ्ग उत्थान

सबै भौतिक पुर्बाधार निर्माण कार्यलाई अपाङ्गतामैत्री बनाइनेछ ।
अपाङ्गतामैत्री स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
अपाङ्गता ब्यक्ति सेवा केन्द्रित संघ संस्था स्थापना गर्न प्रोत्साहित गरिनेछ ।
अपाङ्गता भएका व्यक्तिले व्यवसाय गर्न चाहेमा रु १ लाखसम्म निब्र्याजी ऋण उपलब्ध गराइनेछ
अपाङ्गता परिचयपत्र वितरण गरिनेछ ।

५.२. आर्थिक विकास
भिमसेनथापा गाउँपालिकाले आर्थिक क्षेत्रको विकासकोलागि तय गरेको उदघोष तथा आर्थिक क्षेत्रमा अवलम्वन गरेको नीति यस प्रकार रहेको छ । उद्घोष ः “कृषिको व्यवसायीकरण, आधुनिकिकरण र यान्त्रिकरण भिमसेनथापा गाउँपालिकाको सवलीकरण”

५.२.१ कृषि विकास
‘कृषिको व्यवसायीकरण, आधुनिकिकरण र यान्त्रिकरण भिमसेनथापा गा.पा. को सवलीकरण’ भन्ने मूल नारा केन्द्रित कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।
कम्तिमा एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
कृषि मार्फत व्यापक रोजगारी सिर्जना गरीने छ ।
कृषि पकेट क्षेत्र निर्धारण गरी हावापानी अनुकुल फलफूल खेती र तरकारी खेतीलाई व्यावसायिक ढंगले उत्पादन गर्ने कृषकलाई प्रोत्साहनमूलक अनुदानको व्यवस्था गरिनेछ । फलफुलमा एभोगाडो खेतीलाई विशेष प्राथमिकता दिइनेछ ।
कृषिमा उत्पादनकोआधारमा अनुदान दिइनेछ ।
कृषिको विविध विषयगत क्षेत्रको अध्ययन र परीक्षण गर्न कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अगाडि वढाइनेछ ।
खेती योग्य जमिन केन्द्रित सिंचाई कार्यक्रमलाई प्राथमिकता दिइनेछ । कृषि सडक निर्माणका लागि सर्भेक्षण कार्यलाई अगाडि बढाइनेछ ।
प्रत्येक वडामा संकलन केन्द्र निर्माण गरी दुग्ध उत्पादन र फलफूल भण्डारण गर्ने कार्यको पूर्वाधार विकास गरिनेछ ।
व्यावसायिक रुपमा खेती गर्ने कृषकलाई सम्वन्धित विषयमा प्राविधिक तालिम तथा विशेष प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
रासायनिक मलहरु सहकारी संस्था मार्फत विक्री गर्ने व्यवस्था मिलाइनेछ ।
स्थानीय स्तरमा जैविक वस्तुको प्रयोग गरी प्राङ्गारिक उत्पादनलाई जोड दिने कृषक तथा कृषि समुहलाई विशेष अनुदान उपलव्ध गराइनेछ ।
उन्नत वीउ विजन वितरणमा कृषि सहकारी मार्फत अनुदान उपलव्ध गराइनेछ ।
वडा तथा गाउँपालिका स्तरमा कृषक सञ्जालको गठन गरिनेछ ।
मकै विउ खरिद, आलु विउ खरिद, विरुवा खरिद, विषादी खरिद, धानको विउ र रासायनिक मल ढुवानीमा ५०% अनुदानको व्यवस्था मिलाईनेछ ।
कोदो कुट्ने, धान झाट्ने र किसानलाई अति आवश्यक उपयोगी मेसीनरी साधन व्यवसायिक कृषकलाई ५०%अनुदानको व्यवस्था मिलाईनेछ ।
कृषिमा युवा जनशक्तिलाई आकर्षित गरीने छ ।
एक घर सानो वगैचा, एक घर एक मौरीको घार, एक घर सानो माछाको पोखरी
भन्ने नीतिलाई निरन्तरता दिइनेछ ।
व्यावसायिक मौरीपालक किसानलाई अनुदान एवं सहुलियत दरमा सामाग्री
उपलव्ध गराइनेछ ।
स्थानिय कृषि उत्पादनलाई प्रोत्साहन गर्ने नीति बनाइने छ ।
लोपोन्मुख स्थानीय वाली संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । मौरी चरन क्षेत्रलाई सहयोग पुग्ने खालका विरुवा सडक किनारा क्षेत्रमा लगाउने व्यवस्था मिलाइनेछ ।
सुन्तला जातका फलफूल, च्याउ, वेमौसमी तरकारी खेतीलाई प्रोत्साहित गरिनेछ ।
प्राङगारिक उत्पादन वढाउन तरकारी र नर्सरीको लागि प्लाष्टीक टनेलको व्यवस्थापन गर्न विशेष अनुदानको व्यवस्था मिलाईनेछ ।
व्यक्तिगत फर्म दर्ता गरी कृषि व्यवसाय सञ्चालन गर्न चाहने कृषकलाई विशेष अनुदान उपलव्ध गराइनेछ ।
सामुदायिक कृषि सेवा केन्द्र स्थापना प्रक्रिया अगाडि वढाइनेछ ।
किसान क्लवको निर्माण गरी चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
उत्कृष्ट कृषक वा कृषक समुहलाई प्रोत्साहन अनुदान उपलव्ध गराउने तथा उक्त कृषक समुहलाई अवलोकन भ्रमणको अवसर उपलव्ध गराइनेछ ।
सामुदायिक कृषि केन्द्रको स्थापना गरी उपयुक्त प्रविधि विकास तथा प्रसार कार्यक्रम सञ्चालन गरिनेछ ।
भकारोसुधार कार्यक्रम वडागतरुपमा सञ्चालनमा ल्याईछ ।
प्रत्येक वडालाई एक विशेष कृषि उत्पादन क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइनेछ ।
सिँचाई पोखरी, कुलो, नहर निर्माणमा अनुदान दिइने छ ।
कृषकलाई कृषि कार्यमा सहज बनाउनेउद्धेश्यले हाते ट्रयाक्टर खरीद गरी उपर्युक्त मागको आधारमा कृिक समहुिाई वितरण गरिने छ ।

५.२.२ पशु विकास

भिमसेनथापा गाउँपालिकाले पशु क्षेत्रको विकासको लागि निम्न अनुसारको नीति अवलम्वन गरेको छ ।
पशुपालन कार्यलाई व्यवसायीकरण गर्न अनुदान दिइने नीति लिईनेछ ।
कृषिलाई व्यावसायिक वनाउन कृषि र पशुविज्ञ रहने गरी विशेष कार्यदल निर्माण गरिनेछ ।
स्थानीय डालेघाँस र उन्नत जातको घाँसको उत्पादनमा जोड दिइनेछ ।
पशुजन्य उत्पादनको आयात प्रतिस्थापन गर्ने नीति लिइनेछ ।
मासु पसललाई व्यवस्थित वनाइनेछ ।
पशु वीमा कार्यक्रमलाई प्रभावकारी वनाउन चेतनामुलक अभियान सञ्चालन गरिनेछ ।
कुखुरा पालन र बाख्रापालन व्यवसायलाई व्यवसायिक रुपमा सञ्चालन गरेका
कृषकलाई विशेष अनुदानको व्यवस्था मिलाईनेछ ।
प्रत्येक वडामा पशुविज्ञको व्यवस्था गरी समयमा नै पशुहरुको उपचार गर्ने प्रबन्ध मिलाइनेछ ।
उन्नत जातको गाईपालन गर्ने व्यवसायीलाई विशेष अनुदान उपलब्ध गराइनेछ ।
प्राकृतिक तथा कृतिम प्रकृयावाट पशुको नश्ल सुधार गर्न अनुदानको व्यवस्था गरिनेछ
साझेदारीमा पशु व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई नमुना अवलोकन भ्रमणको अवसर उपलब्ध गराइनेछ ।
व्यवसायिक रुपमा माछापालन, कुखुरापालन, गाईपालन, बङ्गुरपालन, बाख्रापालन गर्ने कार्यलाई प्रवद्र्धन गरि अनुदानको समेत व्यवस्था गरिनेछ ।
व्यवसायिक रुपमा उन्नत वाख्रापालक कृषक÷समुहलाई उन्नत व्याड वोका अनुदानमा उपलव्ध गराईनेछ ।

५.२.३ सहकारी

भिमसेनथापा गाउँपालिकाले सहकारी क्षेत्रको विकासको लागि निम्न अनुसारको नीति अवलम्वन गरेको छ ।
सहकारी संस्थाको दर्ता, नियमन लगायत सम्पूर्ण कार्यको व्यवस्थापन गरीने छ ।
कृषि सहकारी, सामुदायिक विद्युत सहकारी, उत्पादन सहकारी, महिला सहकारी, वचत तथा क्रृण सहकारी र वहुउदेश्यीय सहकारीको क्षमता अभिवृद्धि सशक्तिकरण र व्यवस्थापन पक्षमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिनेछ ।
सार्वजनिक, सहकारी र निजी क्षेत्रको तीन खम्वे अर्थ नीतिलाई कार्यान्वयनमा ल्याइनेछ ।
कृषि उत्पादन र उपभोक्ता विचमा पुलको काम गर्ने संस्थाको रुपमा सहकारीको विकास गरिनेछ
समाजमा छरिएर रहेका सानातिना पूँजीलाई वचतमा रुपान्तरण गरी सहकारी मार्फत उत्पादनमूलक कार्यमा लगाइनेछ ।
वित्तीय सहकारीलाई समाजको आधारभूत तहसम्म विस्तार गरी आर्थिक सामाजिक रुपान्तरणको आधार वनाइनेछ ।
सहकारी सञ्चालन र व्यवस्थापनको लागि तालिम कार्यक्रम सञ्चालन गरिनेछ
 गाउँपालिकाभित्र सञ्चालित सवै सहकारीहरुको छाता संगठन निर्माण गरी नियमन तथा व्यवस्थापन गरिनेछ ।एक वडा एक विषयगत सहकारीको अवधारण अगाडी वढाईने छ र सहकारी संस्थाहरुलाई एकीकरण (.mभचनभ०ं गराउने प्रवन्ध मिलाईनेछ ।

५.२.४ पर्यटन विकास

भिमसेनथापा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासको लागि निम्न अनुसारको नीति अवलम्वन गरेको छ ।
सत्यरुपा स्मृती उद्यान महादेवटार, जर्नेली पौवा भिमसेनथापाको धारा, हिटी चौतारा, चण्डीथान, कमलपोखरी हुदै कोटकाली सम्मको भिमसेनथापा पदमार्ग निर्माण कार्यलाई तिब्रता दिइनेछ ।
एक वडा एक पार्क निर्माणको अवधारणलाई कार्यान्वयनमा ल्याइनेछ ।
आगामी दुई वर्ष भित्र पर्यटन गुरुयोजना तयार गरी पर्यटकीय स्थलको पहिचान र पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको सम्भाव्यताको खोजी गरिनेछ ।
ग्रामीण पर्यटनलाई प्रवद्र्धनगर्न होमस्टे कार्यक्रमको प्रभावकारिताको अध्ययन गरिनेछ ।
ऐतिहासिक कोट, मठ, मन्दिर, पार्क तथा उद्यान निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।
वुढी गण्डकी जलाशय क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।
पर्यटकीय स्थलहरुलाई राष्टिय सूचना प्रणालीहरुसंग जोड्न आवश्यक कार्य प्रक्रिया अघि वढाइनेछ ।
एक वडा एक धार्मिक स्थल÷मन्दिरको अवधारण लागु गरिनेछ ।

५.२.५ औद्योगिक क्षेत्र

लघु तथा मझौला स्तरका उद्योग एवं व्यापारका लागि प्रोत्साहनको नीति लिइनेछ ।
कृषिजन्य कच्चा पदार्थमा आधारित साना उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई उद्यमशीलता तालिम प्रदान गरिनेछ ।साथै अनुदानको व्यवस्था गरिने छ ।
दुग्धजन्य वस्तु, मैनवत्ती उद्योग जस्ता विषयगत क्षेत्रको खोजी गरी विशेष औद्योगिक क्षेत्र स्थापना गर्न सम्भावित क्षेत्रको खोजी कार्य अघि वढाइनेछ साथै अचार, चाउमिन , पापडजस्ता उद्योग सञ्चालनमा जोड दिदै निशुल्क तालिमको व्यवस्था मिलाइनेछ ।
गाउँपालिका भित्र रहेको उद्योग व्यवसायलाई दर्ता गरी करको दायरामाल्याइनेछ ।
मदिरा जन्य पदार्थ विक्री वितरण कार्यलाई व्यवस्थित गरिनेछ ।
सवै पसलहरुमा मूल्य सूची टाँस गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।

५.३. पूर्वाधार विकास

५.३.१ सडक तथा भौतिक निर्माण

भिमसेनथापा चक्रपथ निर्माण कार्यको लागी थप बजेटको व्यवस्था गरीने छ ।
एक वडा एक वलियो सडक निर्माणको अभियानलाई अगाडि वढाइनेछ ।
हरेक मरनघाटमा एक मलामी गृह निर्माण गरिनेछ ।
आवश्यकता हेरी क्रियापत्री भवन निर्माण कार्य गरिनेछ ।
निर्माणाधीन सडकहरुको स्तर उन्नति गर्दै प्रत्येक वडाका एक सडकलाई स्तरीय बनाइने छ ।
वातावरण मैत्री सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।
मुख्य वजार क्षेत्र र वाक्लो वस्ती भएका ठाउँका सडक निर्माणलाई व्यवस्थित वनाइनेछ ।
नाला र सडक निर्माण कार्यलाई एकीकृत ढंगले अघि वढाइने छ ।
अधुरा सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
सडक निर्माणवाट हुने पर्यवरणीय क्षति न्यूनीकरण गर्न कोष खडा गरी सडक निर्माण योजनाको एक प्रतिशत रकम जम्मा गरिनेछ ।
गाउँपालिकाभित्रका सवै वस्तीहरुमा विद्युत सेवा उपलव्ध गराइनेछ ।
काठेपोल विस्थापन गरी स्टील पोल राख्ने कार्य लाई यसै आ.व भित्र सम्पन्न गरिनेछ ।
विद्युत लाइनलाई थप व्यवस्थित गरिनेछ ।
विद्युतीय खपत बढाउन विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहन गरीने छ ।

५.३.३ गाउँ यातायात सेवा

गाउँपालिकाभित्र व्यवस्थित वसपार्क वनाउने सम्भाव्य स्थानको खोजी गरिनेछ।
यातायात सम्वद्ध कर्मचारीहरुलाई ट्राफिक नियम सम्वन्धी तालिम प्रदान गराईनेछ ।
भाडादर व्यवस्थित गर्ने कार्यलाई अघि वढाइने छ ।
८० वर्ष भन्दा वढीका वृद्धहरुलाई यातायात भाडा निशुल्क गर्न पहल गरिनेछ।
यातायात सवारी कर निर्धारण गरी प्राप्त रकम सडकको स्तर उन्नति कार्यमा लगाइनेछ ।
प्रत्येक वडामा एक हेलीप्याड निर्माण गर्ने कार्यकोसम्भाव्यता अध्ययन गरी यसै आ.व.मा लनमाणर् गरिने छ ।
सडक निर्माण कार्य सुलभ भएपछि गाउँपालिका भित्र आन्तरीक यातायात संचालनमा ल्याउने कार्यलाई अगाडी वढाईनेछ ।

५.४. वन, वातावरण तथा विपद् व्यवस्थापन
५.४.१ वन तथा वातावरण ः

वृक्षारोपण तथा वन संरक्षण नीति अवलम्वन गरी हरितगृह प्रभाव न्ूयनीकरण नीति लिइनेछ ।
जोखिमयुक्त क्षेत्र पहिचान गरी तारजाली लगाउने व्यवस्था गरिनेछ ।
एक वार्ड एक जातको विरुवा उत्पादन नर्सरी अभियान सञ्चालन गरिनेछ ।
प्राङ्गारिक मल प्रयोग जैविक खेती गर्न प्रोत्साहित गर्ने नीति लिइनेछ ।
वन उपभोक्ता समितिसंग सहकार्य गरी वनपैदावर आपूर्तिमा सहजता ल्याइनेछ । डुवान क्षेत्रमा अनियन्त्रित रुपमा उत्खनन भइरहेको गिटी वालुवा ढुङ्गा खानीलाई व्यवस्थित रुपमा करको दायरामा ल्याईसंञ्चालन गरिनेछ ।
पालिकाभित्रका वनजङ्गलमा पाइने जडिवुटीहरुको पहिचान गर्न विज्ञहरुको टोली वनाई परिचालन गरिनेछ।
खाली सार्वजनिक जमिनहरुमा वृक्षारोपण कार्य गरिनेछ ।
नदीखोला कटान क्षेत्रको पहिचान गरी तटवन्ध निर्माण कार्यको अध्ययन गरिनेछ ।
पैरो प्रभावित क्षेत्रमा वृक्षरोपण गरी भू संरक्षण गर्ने नीति अपनाइनेछ ।
प्रत्येक घरमा सुधारिएको चुल्हो, वायोग्याँस, ईन्डक्सन चुलो निर्माण एवं प्रयोग गर्ने अभियान प्रारम्भ गरिनेछ ।

५.४.२ विपद व्यवस्थापन

विपद प्रतिकार्य योजना निर्माण गरी वडागत रुपमा चेतनामूलक तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
गाउँपालिका स्तरीय विपद व्यवस्थापन कोषमा बजेट व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिई विपदमा उद्धार तथा राहत कार्यक्रम सञ्चालन गरिनेछ ।
जलवायु अनुकुूलन सम्वन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

५.५.संस्थागत विकास , सेवा प्रवाह र सुशासन क्षेत्र

५.५.१ शान्ति सुरक्षा

सवै नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्ने ढंगले सुरक्षा प्रबन्ध गरिनेछ ।
गाउँपालिका, वडा तथा वजार र मुख्य वस्ती लक्षित सुरक्षा निकायको व्यवस्थागर्न जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरी अघि वढिनेछ ।
गाउँघरमा घट्न सक्ने अप्रिय घटना विभिन्न अपराधवारे सचेत गर्न सुरक्षा निकाय समेतको संलग्नतामा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
अपराध न्यूनीकरणका लागि भिडियो प्रदर्शन तथा चेतनामूलक सडकनाटक
प्रदर्शन गरिनेछ ।

५.५.२ सुशासन

दैनिक प्रशासनिक कार्य तथा सेवा प्रवाहमा छिटो छरितोपन ल्याउन कर्मचारी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यान्वयनमा रहेका योजनाहरुलाई व्यवस्थित गर्न योजना समन्वय इकाइको व्यवस्था गरिनेछ ।
 संस्थागत संरचनालाई समसामयिक ढंगले अद्यावधिक गरिनेछ ।
गाउँकार्यपालिकाको कार्य सञ्चालन प्रक्रिया विधिसम्मत बनाउने ऐन कानुन तथा कार्यविधिहरु कार्यान्वयनमा ल्याइनेछ ।
योजनाहरुको प्रभावकारिता मूल्यांकन गर्न विज्ञहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम त्रैमासिकरुपमा सञ्चालन गरिनेछ ।
सहश्राब्दी विकास लक्ष्य र दीगो विकासअनुरुप संस्थागत विकास कार्यलाईअगाडि बढाइनेछ ।
कार्यपालिकाको प्रवक्ता मार्फत आधिकारिक सूचना सम्प्रेषण गरिनेछ ।
कर्मचारीहरुमा सोंचमा सुधार, जनमैत्री भावना र अंकुशमुखी प्रशासन नभै जनमुखी प्रशासनको अवधारण अगाडी वढाईने छ ।
सुचना अधिकारी मार्फत नियमित रुपमा कार्यालयका गतिविधिहरु सार्वजनिक गरीने छ ।

५.५.३ पारदर्शिता तथा जवाफदेहिता

जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धीकार्यक्रम सञ्चालन गरिनेछ ।
कार्य व्यवस्थापन प्रणालीभित्र सेवा प्रवाहको स्पष्ट मापदण्ड निर्धारण गरिनेछ ।
सेवा प्रवाहलाई सुचना प्रविधिमैत्री बनाइनेछ ।
सञ्चालित योजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
गाउ प्रोफाइललाई पुनर्लेखन गरिनेछ ।
विषयगत शाखाहरुलाई प्राप्त हुने कार्यक्रमहरुको अख्तियारी प्रदान गरी जिम्मेवार वनाइनेछ ।
 वडा वडामा गाउँपालिका अध्यक्ष र जनताहरु वीच प्रत्यक्ष सम्वाद गर्ने हेल्लो जनता कार्यक्रम सञ्चालन गरिनेछ ।
गाउँपालिका भित्रका सवै सरकारी निकायहरुमा क्रमशः विद्युतीय हाजिरीको व्यवस्था गरिनेछ ।
गुनासो सुन्ने अधिकारी र सुचना अधिकारी मार्फत गुनासो समाधान गर्ने एवं हरेक सुचनामा सरोकारवालाहरुको पँहुच पु¥याइनेछ ।
प्रत्येक महिना गाउँपालिकाको आयव्ययको विवरणलाई सार्वजानिक गरिनेछ ।
गाउँपालिकका भित्रको सवै सरकारी निकायहरुमा इन्टरनेट सेवा उपलब्ध गराउन वजेट व्यवस्था गराईनेछ ।

५.५.४ सूचना तथा सञ्चार

गाउँपालिका भित्र हुने गतिविधिलाई प्रविधिमैत्री बनाइने छ ।
नेपाल टेलिकमसंग समन्वय गरी सव स्टेसनको निर्माण गरी स्थानीय रुपमा ल्यान्ड लाइन टेलिफोन सेवा उपलव्ध गराउन पहल गरीने छ ।ं
सवै विद्यालय, स्वास्थ्य चौकी तथा वडाहरुमा इन्टरनेट सेवा पु¥याइनेछ ।
गाउँपालिकाको गतिविधिहरुलाई सञ्चार प्रविधि मैत्री वनाइनेछ ।
स्थानीय एफ.एम. रेडियो संगको सहकार्यमा सन्देश तथा जानाकारी मुलक कार्यक्रमहरु संचालन गरिनेछ ।

६. विविध विशेष वुढीगण्डकी आयोजना ः


राष्ट्रिय गौरवकोवुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्यमा योगदानमूलक सहभागिता जनाइनेछ ।
यस आयोजनावाट प्रभावित नागरिकहरुको वसोवासको लागि उपयुक्त स्थानमा नमुना वस्ती निर्माण गर्न पहल गरिनेछ ।
यस आयोजनालाई दीर्घकालिन पर्यटकीय उपलव्धीको रुपमा ग्रहण गर्दै विकास निर्माणका कार्यलाई आयोजना मैत्री वनाइनेछ ।
७. गाउँपालिका स्तरीय गौरवको आयोजनाको प्रगति स्थिति एवं अपेक्षित उपलव्धि

७.१.चालु आ.व.मा देहायका गाउँपालिका स्तरका गौरवका आयोजनाहरुको घोषणा गरि कतिपय आयोजनाहरु निर्माणको लागि संझौता भएको र अन्य आयोजनाहरुकार्यन्वयनकोचरणमा रहेकोले आगामी आ.व.मा आवश्यक वजेट व्यवस्था गरी कार्यन्वयनमा तिव्रता दिईनेछ ।

ख.कासीघाट पशुपति क्षेत्र संरक्षण एवं व्यवस्थापन योजना
ग.सिद्धकाली मन्दिर परिसर क्षेत्र विकास योजना
घ. मुडुलो थुम्को÷दुल्लभ पार्क योजना
ङ. दुल्लभ मार्ग निर्माण योजना
च. भिमसेनथापा पदमार्ग निर्माण योजना
छ. इत्लापोखरी संरक्षण योजना
ज. ठुलोपोखरी मसेल संरक्षण योजना
झ चण्डीमाई मन्दिर अश्राङ्ग संरक्षण एवं प्रवद्र्धन योजना
ञ. कमल पोखरी संरक्षण योजना

आदरणीय गाउँसभा सदस्यहरु :

यस वार्षिक नीति र कार्यक्रमउपर यस गरिमामय सभामा विशेष महत्वका साथ वुदागत छलफल गर्न म सभासदहरुलाई अनुरोध गर्दछु । छलफलका क्रममा यथार्थपरक ढंगले रचनात्मक र विश्लेषणात्मक सुझावहरु आएमा त्यसलाई हार्दिकतापूर्वक समावेश गरिनेछ । सवै सभासदहरुको सक्रिय उपस्थिति, छलफल, अन्तरक्रिया र वहसपछि प्रस्तुत नीति र कार्यक्रम पारित हुने विश्वास मैले लिएको छु । हाम्रो स्वार्थ भनेकै हाम्रै जन्मभूमि भिमसेनथापा गाउँपालिकाको भाग्य र भविष्यको रेखा कोर्ने हो अतः उल्लेखित निति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सम्पूर्ण राजनैतिक दलहरु, वुद्धिजीवि, नागरिक समाज एवं सम्पूर्ण कर्मचारीहरु लगायत सरोकारवाला सवैको साथ र सहयोगको अपेक्षा गरेको छु ।

साथै यो नीति तथा कार्यक्रम तर्जुमामा सहयोग गर्नुहुने राजनैतिक दलहरु, विषयगत समितिहरु, गाउँसभा सदस्यहरु राष्ट्रसेवक कर्मचारीहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत सम्पूर्ण भिमसेनथापा गाउँपालिकावासी जनसमुदायप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु । धन्यवाद !

ईश्वर पाण्डे
अध्यक्ष
भिमसेनथापा गाउँपालिका
खान्चोक गोरखा
मिति : २०७७ -०३-१०

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com