- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भीमसेन थापा गाउँपालिका ८ बोर्लाङ महादेवटार क्षेत्र सिल

June 21, 2020
1026
Shares
प्रतिनिधिमुलक फाइल फोटो : वेव
- ADVERTISEMENT -

गोरखा, आइतबार, ७ असार २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ बोर्लाङले कोरोना संक्रमणको पुष्टी महादेवटार क्षेत्र आसपासका सिल गर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष बासु थापाले एक सूचना प्रकाशित गरिव वडा भित्र पनि संक्रमण पुष्टी भएको र संक्रमण फैलिएको आंशका भएकाले महादेवटार क्षेत्र आसपासको क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको उल्लेख गर्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

सूचनामा वडाध्यक्ष थापाले अर्को सूचनामा प्रकासन नभएसम्मका लागि होटल, पसल, सहकारीसंस्था नखोल्न तथा भोजभतेर सभासम्मेलन बन्द गर्न र एकघरबाट अर्को घर नगर्न पनि आग्रह गर्नुभएको छ । शुक्रबार प्रहरी हिरासतबाट मुक्त भएर घर फर्किएका महादेवटारका एक युवकमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अबैध काठ तस्करीको आरोपमा पक्राउ परेका संक्रमित एक व्यक्ति हिरासतबाट फर्किएर क्वारेन्टाइनमा समेत नबसेको तथा भोजभतेर गर्दै हिडेको, समुहमा भेला हुने गरेको पाइएपछि वडामा संक्रमण फैलिएको आंशका गरिएको छ । पहिले नै संक्रमणका आशंका गरिएका ति व्यक्तिलाई क्वारेन्टाइनमा नराख्दा गाउँमा संक्रमणका त्रास बढेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com