गोरखा, शनिबार, ६ असार २०७७ । भिमसेन थापा गाउँपालिका -२ ओख्लेमा ट्याक्टर दुर्घटना भएको छ । आज शनिबार साझ करिब ६ बजे उक्त ट्याक्टर दुर्घटना भएको थियो ।

गोरखादेखि भिमसेन थापा गाउँपालिका -२ ओख्लेमा तेल बोकेर जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । ट्याक्टर करिब ३०० मिटर तल खसेको हो ।
चालक र सह- चालक लाई उपचारका लागि गोरखा अस्पताल पठाइएको भिमसेन थापा गाउँपालिका -२ का वडा अध्यक्ष नारायण भट्टराईले जानकारी दिनु भयो ।









































