Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:५४ बिहान
- ADVERTISEMENT -

चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा पहिलो पटक बिओपी स्थापना

प्रकाशित मिति: २०७७ असार ६, शनिबार

686
Shares

हुम्ला, शनिबार, ६ असार २०७७ । छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

बिओपी स्थापना गर्न केही दिनअघि मात्र बलको टोली हिल्सा पुगेको थियो । डिआइजी इञ्जिनीयर प्रतापबाबु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको उपस्थितिमा सीमानाका हिल्सामा २५ सशस्त्र प्रहरी रहने गरी बिओपी स्थापना गरिएको हुम्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख मोहन विष्टले जानकारी दिनुभयो ।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा दश जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर गत जेठमा हिल्सा पुगेको थियो ।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज बिओपी स्थापना गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । यस वर्षदेखि सशस्त्र प्रहरी पनि नेपालको सीमा रक्षाका निम्ति खटिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -