- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘कोरोना संक्रमितहरुको अवस्था हालसम्म सामान्य’ : गोरखा अस्पताल

June 17, 2020
852
Shares
- ADVERTISEMENT -

गोरखा, बुधबार, ३ असार २०७७ । कोरोना भाइरस संक्रमितहरुको अवस्था हालसम्म सामान्य रहेको गोरखा अस्पतालले जानकारी दिएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका २४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ । बिभिन्न पालिकाका क्वारेन्टिनमा रहेकाहरुमा कोरोना संक्रमण देखिएसंगै जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका २४ जनाकै अवस्था सामान्य रहेको अस्पतालले बताएको हो ।

- ADVERTISEMENT -

Advertisement

गोरखा अस्पतालका विशेषज्ञ चिकित्सक डा. सन्तोष बास्तोलाले एक प्रेस विज्ञप्ती जारी गर्दै संक्रमितमध्ये कसैलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिनुभयो ।

बुधबार दिउँसो जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘संक्रमितहरुको अवस्था हालसम्म सामान्य छ’ अस्पतालको आइसोलेसनमा हाल पालुङटार घर भई प्रहरी हिरासतमा रहेका १ जना, गण्डकी गाउँपालिकाका ९ जना, गोरखा नगरपालिकाका ७ जना, भिमसेन थापा गाउँपालिकाका ४ जना, बारपाक सुलिकाेटका २ जना र पाँचखाल काभ्रेका १ जना गरी २४ जना रहेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com