- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाका युवक कोरोनालाई जितेर घर फर्किए

June 13, 2020
681
Shares
- ADVERTISEMENT -

गोरखा, ३१ जेठ २०७७ । गोरखा आरुघाट गाउँपालिका–२ मान्बु घर भएका कोरोना संक्रमित २५ बर्षिय युवाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेश, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्लामा कोरोनाको संक्रमण पुष्टी भई सोहि अस्पतालको आईसोलेसन वार्डमा उपचाररत उनी शनिबार (आज) अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज एक बिज्ञप्ती जारी गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्लाले आरुघाटका युवक कोरोना संक्रमणबाट मुक्त भएको जानकारी गराएको जनाएको छ ।

अहिलेसम्म गण्डकी प्रदेशका १६ जना संक्रमित निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com