जापान, शनिबार, ३१ जेठ २०७७ । नवलपुर समाज जापानद्वारा राहत सामाग्री हस्तान्तरण गरेको छ । नवलपुर समाज जापानले नवलपरासी (ब.सु.पुर्ब) नवलपुर का दुई गाउँ पालिका लाई क्वरेन्टाइन ब्यबस्थापनको लागि चाहिने सामाग्री हस्तान्तरण गरेको छ ।
नवलपरासी (ब सु पुर्ब ) नवलपुर स्थायी बसोबास भई रोजगार, शिक्षा र ब्यबसाय गर्ने शिलशिलामा जापान आउनु भएका नेपालीहरुले बिपतको समयमा आफ्नो जिल्लामा परदेश रहेरपनि सहगोग गर्ने उदेश्यले नवलपुर समाज जापान संगठन मार्फत निरन्तर जापानमा अनि आफ्नो जिल्लामा सहयोग गर्दै आएको छ ।
संसारभरी कोभिड -१९ ले भयावह भईरहेको आजको जटिल परिस्थितिमा आफ्नो देशमा पनि जटिल परिस्थिति हुँदै गइरहेको अबस्थामा बिकट पहाडी भेगमा रहेको बुङ्दीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाबाट क्वारेन्टाइन ब्यबस्थापन गर्न आर्थिक, भौतिक सामाग्रीहरु सहगोग गरिदिनुहुन भनी अनुरोध पत्र गोर्खाली भ्वाईसका अतिथि पत्रकार एबं गण्डकी प्रदेश सदस्य माननीय बिस्नु लामिछानेको स्वकीय सचीव गोबिन्द लामिछाने मार्फत अनुरोध आएको संस्थाका संस्थापक अध्यक्ष केशब प्रसाद पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको पत्र पाएसंगै यस्तो जटिल परीस्थितीलाई मध्यनजर राख्दै संस्थाबाट अहिलेको अवस्थामा २ गाउँपालिका लाई (१,०७,८७०) एक लाख सात हजार आठ सय सत्तरी रुपैयाँ बराबरको क्वारेन्टाइन ब्यबस्थापनमा चाहिने झुल , बेडकभर, म्याट,ओड्ने कपडा लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको नवलपुर समाज जापानका अध्यक्ष सागर प्रसाद कंडेलले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सदस्य माननीय बिस्नु लामिछानेले उक्त सामाग्री बुलिङटार गाउँपालीका अध्यक्ष सशिकिरण बस्ताकोटी र बुङदीकाली गाउँपालीकाका उपाध्यक्ष मायादेबि श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
सोही कार्यक्रममा नवलपरासी ब.सु.पुर्ब) नवलपुर जापनमा रहेका युवाहरुले “आफुहरु पनि संकटमा रहेको अबस्थामा समाज प्रति उत्तरदायी भई सहयोग जुटाएर पठाउनु भएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
“कार्यक्रममा बोल्दै बुलिङटार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीले समाजका सम्पुर्ण पदाधिकारी एबं सदस्य प्रति सम्मान ब्यक्त गर्दै संकटको यो विषम परीस्थिमा हातेमालो गर्दै जनता प्रतिको उत्तरदायीत्वमा थप उर्जा प्रदान गर्नु भएकोमा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो ।
त्यसैगरी, बुङदीकाली गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठले “आफ्नो पालिकाको अनुरोध स्विकार गरी आजको बिपतका बेला साना साना कुरा पनि ठुला बन्न पुग्दा रहेछन ,हाम्रा लागी यो सहयोग निकै ठुलो भएको र आउँदा समयमा पनि सहयोगको अपेक्षा व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा प्रेस युनियन केन्द्रिय सचीव के .बि राना , मगर संघका जिल्ला अध्यक्ष इन्द्र फाल मगर ,पत्रकार एबं माननीय बिस्नु लामिछानेको स्वकीय सचीव गोविन्द लामिछाने , स्थानीय युवा नेता भेषु श्रेष्ठ लगायतको उपस्तिथि थियो ।









































