Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:२४ बिहान
- ADVERTISEMENT -

कैलालीका सीमामा थप पाँच बीओपी स्थापना

प्रकाशित मिति: २०७७ जेठ ३१, शनिबार

798
Shares

धनगढी, शनिबार, ३१ जेठ २०७७ । सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप पाँच वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अझैँ मजबुत बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको बङ्गरा कटान र जुगेडा, कैलारी गाउँपालिकाको खोनपुरमा बीओपी स्थापना गरिएको छ । यसैगरी, भजनी नगरपालिकाको हिम्मतपुर र टीकापुर नगरपालिकाको श्रीलङ्का टापुमा पनि बीओपी स्थापना गरिएको छ ।

योसँगै कैलालीमा बीओपी सङ्ख्या नौ वटा पुगेको छ । १०१ खुल्ला सिमाना रहेको यो जिल्लामा यसअघि मुख्य–मुख्य ठाउँमा गरी जम्मा चार वटामात्रै बीओपी रहेको थियो । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार चालू आर्थिक वर्षमा छ वटा बीओपी निर्माण गरिएको हो ।

यसअघि, कैलारी गाउँपालिका–७ को भुईयाँफाँटामा गत पुसमै बीओपी स्थापना गरिएको थियो । पाँच वटा भने बन्दाबन्दीको क्रममा स्थापना गरिएको जनाइएको छ । यस्तै, गतविगतमा धनगढी, फूलबारी, भजनी र टीकापुर गरी चार वटामात्रै बीओपी रहेको थियो । सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी, निकासी–पैठारी नियन्त्रण गर्ने उद्देश्यका साथ बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बाहिनी मुख्यालयका बाहिनीपति प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताउनुभयो ।

उहाँले व्यवसायिक ढङ्गले कार्यक्षेत्रमा खट्न सुरक्षाकर्मीलाई निर्देशन दिँदै भन्नुभयो–‘अहिलेको विषम परिस्थितिमा राज्य र जनताको सेवा, सुरक्षाको लागि ठूलो जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’ कोरोना भाइरसको महामारी रोकथामका लागि हाल सिमानामा आवतजावतसमेत बन्द गरिएको छ । सीमा नाकामा अस्थायी पोष्ट स्थापना गरेरसमेत सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -