- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको भिमसेनथापा गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएसँगै थप सजकता

June 13, 2020
885
Shares
- ADVERTISEMENT -

गोरखा, शनिबार, ३१ जेठ २०७७ । गोरखाको भिमसेनथापा गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएसँगै थप सजकता अपनाएको छ । आज एक बिज्ञप्ति जारी गर्दै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका ४ जनामा कोरोना पोजेटिभ देखिएपछि भिमसेन थापा गाउँपालिका गोरखाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि थप सजगता अपनाएको छ ।

गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसी गाउँपालिकामा थप सङ्क्रमण र मानवीय क्षति हुन नदिन विभिन्न निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमितहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणलाई तिब्रता दिने, कोरोना सङ्क्रमण हुनसक्ने सम्भावित स्थानहरुमा मानिसहरुको आवतजावतलाई पूर्ण रुपमा बन्द गर्ने, एक वडाबाट अर्को वडामा अत्यावश्यक बाहेक हिडडुलमा रोक लगाउने, गाउँपालिकाभित्र रहेका खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ र औषधी पसलहरु बिहान ६ देखि १० बजेसम्म मात्र सञ्चालन गर्ने अन्य व्यवसायहरु पूर्ण रुपमा बन्द गर्ने, वडागत रुपमा कोरोना रोकथामका लागि गठित समितिहरुले सक्रियतापूर्वक काम गर्ने, सचेतनाका कार्यक्रमहरुलाई तिव्रता दिने, जुवातास, हुलहुज्जत, झगडा तथा सामुहिक भेला गर्ने कार्यलाई नियन्त्रण गर्ने लगायतका १० वटा बुँदामा निर्णय भएको गाउँपालिकाका प्रवक्ता नारायण प्रसाद भट्टराईले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।

- ADVERTISEMENT -

Advertisement

भिमसेनथापा गाउँपालिका गोरखामा १८ वटा क्वारेन्टाइनमा हाल १ सय ११ जना व्यक्तिहरु रहेकामा ६२ जनाको पिसिआर परीक्षणका लागि पठाइएको थियो । जसअनुसार ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो भने ५१ ज्नाको रिर्पोट आउन बाकी रहेको छ । बुधबार कोरोना पुष्टी भएका ४ जनालाई बिहिबार नै गोरखा सदरमुकाममा रहेको आइसोलेशनमा पठाइसकिएको गाउँपालिकाले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com