- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पालुङटार नगरपालिकालाई नीति तथा कार्यक्रम निर्माणका लागि पिनको सुझाव

June 12, 2020
703
Shares
- ADVERTISEMENT -

गोरखा, ३० जेठ २०७७ । प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन)गण्डकी प्रदेश कमिटीले गोरखाको पालुङटार नगरपालिकालाई आगामी आर्थिक बर्ष २०७७÷०७८को नीति,कार्यक्रम तथा योजना निर्माणका लागि सुझाव दिएको छ ।

पिनका गण्डकी प्रदेश कमिटीका इन्चार्ज खिमानन्द कँडेल नेतृत्वको टोलीले पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल सहितको टोलीलाई नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

पिनले दिएको सुझावमा सडक, यातायात तथा पूर्वाधार बिकासका लागि गुरुयोजना निर्माण, नगर यातायात सञ्चालनका सम्भाव्यता अध्ययन सहितको गुरुयोजना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै बिकास निर्माण कार्यको गुणस्तरता सुनिश्चितता गर्न गुणस्तर चेकजाँच गर्ने प्रयोगशाला अनिवार्य स्थापना गर्नुपर्ने, हरेक वडाहरुमा न्यूनतम एउटा गाउँलाई नमूना गाउँ घोषणा गरी पालुङटार नगरपालिकालाई नमूना गाउँ सहितको स्र्माट सिटी बनाउन आवश्यक व्यवस्थित आवास निर्माण, खानेपानी, विद्युत, सडक, सुचना प्रविधि , शैक्षिक केन्द्रहरु लगायतका पूर्वाधारहरुको बिकास गर्नुपर्ने सुझाव नगरपालिकालाई दिएको छ ।

मध्यपहाडी सडक निर्माण आयोजना अन्र्तगत पालुङटार नगरपालिका भित्र अवस्थित सडकखण्डलाई तिव्र रुपमा गुणस्तरिय कालोपत्रे गरि पालुङटारको ठाँटीपोखरी बजार नजिक क्षेत्रमा उक्त सडकलाई चार लेनको बनाउन पहल गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेट्न समेत सुझाव दिएको पिनका गण्डकी प्रदेश किमिटीका अध्यक्ष बिकास वाग्लेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

सुझावमा स्थानिय तहबाट कार्यान्वयन गरिने आयोजनाहरुको डिपीआर अनिवार्य रुपमा परामर्श सेवा मार्फत गर्ने, पालुङटार नगरपालिका भित्र कृषि कलेज, प्रादेशिक औद्योगिक क्षेत्र प्रदेश तथा केन्द्रिय सरकारको समन्वयमा संचालन गर्ने, ऋत्भ्ख्त् द्धारा संचालित गोरखा पोलिटेक्नीक ईन्ष्टीच्युट पालुङटारलाई शैक्षिक हब (ईन्जिनियरिङ) को रुपमा विकसित गर्ने लगायतका बिषयहरु लाई समेटिएको छ ।

त्यस्तै कृषि क्षेत्र मार्फत नगरपालिका भित्र रोजगारीको सृजना गर्न र आर्थिक सम्बृद्धिका लागि जमिनको बैज्ञानिक वर्गीकरण गरी ब्यापक चक्लाबन्दी गरेर सामूहिक कृषि खेती गरि उत्पादनमा जोड दिने, बाँझिएको जमिनलाई कृषि उत्पादनमा जोड्न कृषकहरुलाई न्यूनतम अनुदान सहयोग सहित प्रोत्साहन गर्ने नीति अबलम्बन गर्ने, नहर, कुलोद्धारा सिंचाई हुन नसक्ने भेगमा स्प्रिङकल, लिफ्ट सिंचाईको नीति अबलम्बन गर्दा उपयुक्त हुने उल्लेख गरिएको छ ।

पिनले दिएको सुझावमा नगरपालिका भित्रक ग्रामीण क्षेत्रका बस्तीहरुको योजनाबद्ध बिकासको लागि “एक घर एक करेसाबारी र एक घर एक फुलबारी” निर्माण गर्ने गरी भवन निर्माण संहिता लागू गर्न र हरेक वडाहरुमा कृषि चिस्यान एवं कृषि उपज भण्डारण केन्द्रको स्थापना गर्न पनि सुझाब दिएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा वातावरण संरक्षण गर्दै पालुङटार हवाई मैदान सञ्चाउनमा गर्ने, एक वडा एक ब्यबस्थित पार्क” निर्माणको अभियान संचालन गर्ने, सूचना तथा प्रविधि क्षेत्रको बिकास गर्दै स्थानीय तहमा रहेका तथ्याङ्क, विवरणहरुलाई डिजिटलाईज गर्न पनि पिनले नगरपालिकालाई सुझाव दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com