Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:३२ बिहान
- ADVERTISEMENT -

गोरखामा कोरोना नेगेटिभ आयो भनेर घर गएकाको रिपोर्ट पोजिटिभ आएपछि…

प्रकाशित मिति: २०७७ जेठ २९, बिहीबार

620
Shares

गोरखा, बिहिबार, २९ जेठ २०७७ । कोरोना नेगेटिभ भएको भन्दै घर पुगेकी एक महिलाको रिपोर्ट पोजिटिभ आएपछि स्थानीयबासी त्रसित भएका छन् ।

भीमसेन थापा गाउँपालिका ६ अश्राङको जनशक्ति आधारभूत विद्यालय मोहोरियाको क्वारेण्टाइनमा बसेकी एक महिला रिपोर्ट नेगेटिभ आएको भन्दै बुधबार दिउँसो घर पुगेकी थिइन् । तर साँझतिर रिपोर्ट पोजिटिभ आएको भन्दै स्वास्थ्य शाखाले पुन क्वारेण्टाइन फर्काएपछि गाउँले त्रसित भएको वडा अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।

‘नन्द भाउजू एउटै क्वारेण्टाइनमा बसेका थिए। दुवै जनाको कोरोनो नेगेटिभ आयो भनेर हिजो खबर आयो’, वडा अध्यक्ष थापाले भने, ‘अनि आज तीन बजेतिर दुवै जना घर पुगे। करिब करिब दुईघण्टा घरमा बसे। सबै जना सराबर छुतछात भयो। तर आज साँझ फेरि एकजनाको पोजिटिभ आयो भनेर खबर आयो। अहिले गाउँमा पूरै त्रास छाएको छ। बरबाद भयो।’ उनलाई साँझ पाँचबजेतिर फेरि क्वारेण्टाइनमा फर्काइएको उनले बताए ।

मंगलबार भीमसेन थापा गाउँपालिकाको ११ जनाको रिपोर्ट नेगेटिभ आएको बारे स्वास्थ्य शाखाले उनीहरुलाई जानकारी दिएको थियो । तर बुधबार उनीमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। वडा नम्बर १ मसेलको एक जना, वडा नम्बर ५ बगुवाको एकजना र वडा नम्बर ६ अश्राङको दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो। रिपोर्ट नेगेटिभ आएपनि बाँकी तीनजना भनेर क्वारेण्टाइनबाट ननिस्केका गाउँपालिकाले जनाएको छ ।

‘जिल्ला स्वास्थ्य कार्यालयबाट हामीलाई आइडी पासवर्ड पठायो। हामीले त्यही आधारमा भन्यौँ। तर बुधबार फेरि फरक आएछ’, स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, ‘कहाँ कसरी त्रुटी भयो, मलाई थाहा भएन।’ स्वास्थ्य कार्यालय गोरखाले भने मंगलबार सातजनाको मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

‘हामीले त सात जनाको मात्र नेगेटिभ भनेका थियौँ, उहाँहरुले कसरी ११ जनाकै नेगेटिभ भन्नु भयो हामीलाई थाह भएन’, कार्यालय प्रमुख विद्या तामाङले भनिन् ।

वडा नं. ६ झिँगटेका अर्का एक युवा पनि रिपोर्ट नेगेटिभ आएको जानकारी पाएपछि मंगलबारै घर गएका थिए । भारतमा पढेर फर्केका उनी २४ घण्टासम्म घर परिवारसँग घुलमिल भएका थिए । तर बुधबार रिपोर्ट पोजिटिभ आएपछि गाउँलेहरु त्रसित भएका गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -