गोरखा, मंगलबार, २७ जेठ २०७७ । भिमसेन थापा गाउँपालिका क्वारेन्टाइनमा रहेका ११ जनामा कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २१ गते स्वाब संकलन गरिएकाहरुको कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
सरस्वती प्रा वि र विन्द्रावती मा वि को क्वारेन्टाइनमा बसेका एक÷एकजना, कनकामना आधारभूत विद्यालय र शिवशक्ति आधारभूत विद्यालयका दुई÷दुई जना, वडा नं. १ र ६ मा होम क्वारेन्टाइनमा बसेका दुई जना र मिलनबस्तीको नयाँ घरमा क्वारेण्टाइनमा बसेका तीन जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।









































