- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आइसोलेसनका लागि गोरखा क्याम्पसको भवन छनौट

June 9, 2020
690
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २७ जेठ २०७७ । गोरखा सदरमुकाममा निर्माण गरिने भनिएको एक सय बेडको आइसोलेसनका लागि गोरखा क्याम्पसको भवन छनौट गरिएको छ ।

सोमबार गोरखामा भएको सर्वपक्षिय बैठकले १ सय ६५ मध्ये एक सय बेडको क्वारेन्टिन सहितको आइसोलसन गोरखा नगरपालिका क्षेत्र भित्र निर्माण गर्ने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

मंगलबार राजनैतिक दल सहित सरोकारवालाहरुको स्थलगत अनुगमन तथा निरिक्षण पश्चात बैठक बसी गोरखा क्याम्पसको भवनमा एक सय बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो । निर्माण गरिने आइसोलेसन क्षेत्रको सुरक्षाकाे जिम्मेवारी भने नेपाली सेनालाई जिम्मा दिइएको छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीको टोली खटाइने जिल्ला स्तरिय कमाण्ड पोष्टको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com