- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गण्डकीमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४ पुग्यो

June 9, 2020
520
Shares
- ADVERTISEMENT -

पोखरा, मंगलबार, २७ जेठ २०७७ । गण्डकी प्रदेशमा आज मंगलबार बिहानै थप २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित नवलपरासी, म्याग्दी र बाग्लुङ जिल्लाका रहेका छन् । संक्रमितमध्ये नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिकाको क्रमश बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुष रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, म्याग्दीको बेनी नगरपालिकामा ४६ वर्षिय एक पुरुषमा संक्रमण देखिएको छ भने बाग्लुङको निसीखोला गाउँपालिकामा २१, २६ र २७ का ३ जना पुरुष र बरेङ गाउँपालिकामा २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com