- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो : स्याङजामा एक जनाकाे मृत्यु

June 8, 2020
518
Shares
- ADVERTISEMENT -

स्याङजा, सोमबार, २६ जेठ २०७७ । कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ ।

नेपालमा अहिलेसम्म ३४ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएका छन् । अहिले पनि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टीनमा र २९ सय ६८ जना आइसोलेशनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयका अनुसार अहिलेसम्म ९६ हजार २ सय ५ जनाको पीसीआर र १ लाख ४५ हजार ४९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com