Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४९:०५ बिहान
- ADVERTISEMENT -

डुम्रे बजारमा आजदेखि एक हप्ता कडाइ

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

942
Shares

डुम्रे,तनहुँ, २१ जेठ २०७७ । तनहुँकाे बन्दिपुर गाउँपालिका जेठ २१ गते बुधबार बाट २७ गते मंगलवार एक हप्ता सम्म कडाइका साथ बन्द भएकाे छ ।

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे तनहुँमा पनि सन्क्रमित भेटिएको र डुम्रे बजार तनहुँ,मनाङ्ग,लम्जुङ्ग र गोरखाको केन्द्र रहेकोह हुँदा बजार क्षेत्रमा भिडभाड बढ्दै गएकाे र स्थानीयहरु उच्च जोखिममा परेको भन्दै जोखिम न्यूनीकरण र सतर्कताका लागि १ हप्ता पुर्ण रूपमा कडाइका साथ बन्द गर्ने निर्णय गरिएको हो ।

सोमबार विभिन्न टाेल विकास संस्था, राजनितिक दलका प्रतिनिधि, उद्योगी ब्यवसायी,नागरिक समाज तथा स्थानीयहरुको एक भेला बसेर अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा र मानिस हिँडडुलमा कडाई गर्न गाउँपालिकासँग अनुराेध गर्ने निर्णय गरेकोमा सोही अनुसार गाउँपालिकाको सर्बपक्छिय भेला बसि उक्त निर्णय गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयाे ।

स्वास्थ्य सस्था,दुध ,स्थानीय तरकारी दुवानी र बिक्री तथा ठुला आयोजना तथा पालिका भित्रका गौरवका आयोजना र बिकास निर्माणका कामहरु संचालन हुने र त्यसका लागी आवश्यक निर्माण सामाग्रीहरु बिक्रि वितरण गर्न पाइनेछ ।सर्बसाधारणको लागी सरकारी कार्यालयबाट दिइने सेवा पुर्न रूपमा बन्द हुने, बैंक तथा बित्तीय सस्था बन्द रहने छ । यातायात आवागमनमा पुर्ण रोक लगाइएको छ भने सामान लोड अनलोड तथा बाहिर हिड्डुल गर्न पनि पुर्ण रूपमा बन्द गरिएको छ।

यस अवाधिमा विदेशबाट र अन्य स्थानबाट काेहि परिचित तथा अपरिचित ब्यक्तिहरु आफ्नाे टाेलमा आए भने वडा अध्यक्ष वा सम्बन्धित निकायलाई जानकारी दिन समेत आग्रह गरिएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -