गोरखा, २१ जेठ २०७७ । कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिने भन्दै आईपास नेपालले गोरखाका सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्ने १५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।
उक्त संस्थाले २० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको हो । आईपास नेपालद्धारा प्राप्त कोरोनाको सम्भावित जोखिमबाट बच्ने स्वास्थ्य सामग्री जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख जानुका अधिकारी र प्रवक्ता मानप्रसाद धितालद्धारा हस्तान्त्रण गरिएको हो ।
जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बन्धित पालिकालाई उक्त सामग्री हस्तान्त्रण गरिएको हो ।
गोरखा अस्पताल, पालुङ्गटार नगरपालिका अन्तर्गत रहेका ३ वटा स्वास्थ्य संस्था केन्द्र, गण्डकी गाँउपालिका अन्तर्गत ३ वटा स्वास्थ्य केन्द्र, चुमनुब्री गाँउपालिका अन्तर्गतका १ स्वास्थ्य केन्द्र, धार्चे गाँउपालिका अन्तर्गतका २ स्वास्थ्य केन्द्र, आरुघाट गाँउपालिका अन्तर्गत १ स्वास्थ्य केन्द्र, बारपाक सुलिकोट गाँउपालिका अन्तर्गत १ स्वास्थ्य केन्द्र, भिमसेनथापा गाँउपालिका अन्तर्गत स्वास्थ्य केन्द्र , अजिरकोट गाँउपालिका १ स्वास्थ्य केन्द्र, शहिदलखन गाँउपालिका अन्तर्गत १ स्वास्थ्य केन्द्र सहित १५ वटा स्वास्थ्य संस्थालाई ती सामग्री हस्तान्त्रण गरिएको हो ।
जिल्ला अस्पताल गोरखालाई पी.पी. ई, वाटर ÷ एयर पर्फु एप्रोन, आई गगलस सर्जिकल के एन ढछ मास्क लगायत कोरोना संक्रमणको जोखिमबाट बच्ने स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्त्रण गरिएको हो । यस्तै, पालिकामा रहेका स्वास्थ्य कार्यालयलाई सर्जिकल के एन मास्क, स्यानीटाइजर, पञ्जा लगायत अन्य कोभिड १९ संक्रमणको जोखिमबाट बच्ने स्वास्थ्य सम्बन्धी एवम् प्रजनन स्वास्थ्य सम्बन्धी औषधीजन्य सामग्री समेत हस्तान्तरण गरिएको धार्चे गाउँपालिका गोर्खाका अध्यक्ष सन्तोष गुरुङले बताउनु भयो।









































