- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

डा. कोइरालाद्वारा खाधान्न सामाग्री वितरण

June 1, 2020
722
Shares
- ADVERTISEMENT -

मोरङ, १९ जेठ २०७७ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले दैनिक ज्यालादारीका श्रमिकहरुलाई खाद्यान्न वितरण गर्नु भएको छ । उहाँले आफु संरक्षक रहेको नोना कोइराला स्मृति प्रतिष्ठान मार्फत सुन्दरहरैंचा नगरपालिकाका सबै वडाका दैनिक ज्यालादारी श्रमजीवी मजदूरहरुका लागी खाद्यान्न वितरण गर्नु भएको हो । आज डा. कोइरालाले उक्त क्षेत्रमा २ सय ४० क्विन्टल चामल वितरण गर्नु भएको थियो ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण मुलुक लकडाउनमा रहेकाले श्रमिकहरुलाई समस्या भएको थाहा पाएपछि डा. कोइरालाले आफैं गएर ती वडाहरुमा खाद्यान्न राहत वितरण गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

डा. कोइरालाले यस अघि मोरङ क्षेत्र नं. ६ का विभिन्न स्थानहरुमा स्थानीय जनताहरुलाई कोभिड–१९ बाट सुरक्षित रहन आवश्यक स्वास्थ्य सामग्री, खाद्यान्न राहत वितरण गरी सक्नु भएको छ ।

चिकित्सक समेत रहेका डा. कोइरालाले कतिपय स्थानहरुमा स्थानीय जनताको स्वास्थ्य परीक्षण सहित कोरोना भाइरसका बारेमा सचेतना दिनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

हाल गृहनगर विराटनगरमा रहेका डा. कोइरालाले त्यहिँबाट मुलुकको पछिल्लो राजनीति, सामाजिक, आर्थिक परिवेशलाई विश्लेषण गर्दै आइरहनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com