- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तनहुँमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि

May 31, 2020
654
Shares
- ADVERTISEMENT -

दमौली, १८ जेठ २०७७ । तनहुँमा पहिलोपटक एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उहाँ गत जेठ १० गते भारतबाट आएर व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्नुभएको थियो ।

उहाँको पश्मिाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । तीन दिनअघि स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा आइतबार बिहान आएको रिपोर्टमा पोजिटिभ देखिएको अधिकारीले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँलाई शुक्लागन्डकी नगरपालिका–४ स्थित बेलचौतारामा रहेको जिपि कोइराला अस्पतालको आइसाेलेसन लगिएको छ ।

तनहुँमा अहिलेसम्म ३ सय ९० जनाको पीसीआर परीक्षण गरिएकोमा पहिलो पटक एक जनाको रिपाेर्ट पाेजिटिभ आएको हो भने ६९ जनाको रिपाेर्ट आउन बाँकी छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com