Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:१३ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २४

प्रकाशित मिति: २०७७ जेठ १८, आइतबार

807
Shares

पोखरा, आइतबार, १८ जेठ २०७७ । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार आइतबारसम्म गण्डकी प्रदेशका ६ जिल्लाका २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङमा ८ जना, स्याङ्जामा ७ जना, नवलपरासीमा ६ जना, तनहुँमा १, म्याग्दीमा १ र लमजुङमा १ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका अधिकांश विदेशबाट आएकाहरू रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिँदै आएको छ ।

सङ्क्रमित २४ जनामध्ये हालसम्म तीन जना निको भएर घर फर्किएका छन् । चैत पहिलो साता बेल्जियमबाट आएका बाग्लुङका १९ वर्षीया युवती, ६५ वर्षीया महिला र लमजुङ स्थायी घर भई काठमाडौँमा सङ्क्रमण पुष्टि भएका तीन वर्षीय बालक निको भई घर फर्किसकेका छन् ।

गण्डकी प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि परीक्षणको दायरासमेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म तीन हजार १९५ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा दुई हजार ९०७ जनामा कोरोना सङ्क्रमण नदेखिएको र २६८ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

स्याङ्जामा सङ्क्रमितको सङ्ख्या सात

सबै भारतबाट आएका स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार स्याङ्जामा आइतबार थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट जेठ ११ गते जिल्ला भित्रिएका ५४ जनामध्ये ८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा दुईजनामा सङ्क्रमण देखिएको थियो । आइतबार सङ्क्रमण पुष्टि भएका २७ र ४० वर्षीय पुरुष भारतबाट आएर सिधै गल्याङको मालुङ्गा क्वारेटाइनमा बसेका थिए ।

जेठ १० गते भेटिएका सङ्क्रमितसँगै आएका चार र ११ गते आएकासहित ७५ जनाको स्वाब परीक्षणमा दुई जनाको पोजिटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानाकारी दिनुभयो । तीन सय ४१ जनाको स्वाब जिल्लामा लिइएकोमा पीसीआर विधिबाट सात जनामा कोरोना पुष्टि भएको हो भने ४५ जनाको नतिजा आउन बाँकी रहेको छ ।

तनहुँमा पहिलो सङ्क्रमण

दमौली समाचारदाता प्रकाशचन्द्र भट्टराईका अनुसार कोरोना सङ्क्रमित तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुष जेठ १० गते भारतबाट आएर गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेका ती व्यक्तिको तीन दिनअगाडि स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई सुरक्षित रुपमा आइसाेलेसनमा राख्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । तनहुँमा अहिलेसम्म ३२१ जनाको पीसीआर परीक्षण गरिएकोमा पहिलो पटक एक जनाको रिपाेर्ट नेगेटिभ आएको हो । हालसम्म तनहुँका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा ४६९ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -