- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतमा रोजगारी लगायतका काममा शिलशिलामा गएका १0१ जना गोरखा आइपुगे

May 29, 2020
554
Shares
- ADVERTISEMENT -

गोरखा, १६ जेठ २०७७ । भारतमा रोजगारी लगायतका काममा शिलशिलामा गएका १ सय १ जना आजसम्ममा गोरखा आइपुगेका छन् । गोरखा जिल्लामा गत बैशाख २५ गतेदेखि आजसम्ममा जिल्लाका बिभिन्न स्थानीय तहहरुका नागरिकहरु गोरखा आइपुगेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार पूर्व मेचीनाकादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकी नाकाबाट उनिहरु गोरखा भित्रिएका हुन् ।

जिल्लामा भित्रिएका मध्ये सवैभन्दा धेरै पालुङटार नगरपालिकाका २२ जना रहेको प्रसासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो । त्यस्तै अहिलेसम्म गोरखा नगरपालिकाकाका ५ जना, सिरानचोक गाउँपालिकाका ८ जना, अजिरकोट गाउँपालिकाका ५ जना, बारपाक सुलीकोट गाउँपालिकाका १६ जना जिल्ला भित्रिएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

अधिकृत रोकका अनुसार आजसम्ममा जिल्लाको धार्चे गाउँपालिका ११ जना, आरुघाट गाउँपालिकाका १४ जना र भीमसेन थापा गाउँपालिकाका ८ जना जिल्ला भित्रिएका छन् । त्यस्तै गण्डकी गाउँपालिका घर भई भारतमा रोजगारीमा पुगेका ७ जना र शहिद लखन गाउँपालिका ४ जना जिल्ला भित्रिएको कार्यालयको तथ्याङमा उल्लेख छ ।

जिल्ला भित्रिएका सवैलाई सम्बन्धित गाएँपालिकाले क्वारेन्टाइनमा राख्ने गरि गोरखा नगरपालिकाको देउरालीमा रहेको गोरखकाली रवर उद्योगको निवासबाट सम्बन्धित गाउँपालिकामा पठाइएको रोकाले बताउनुभयो । क्वारेन्टाइनमा रहने सवैको एकहप्ता पछि पिसिआर परीक्षण गरिने र रिर्पोट नेगेटिभ आए १४ दिन पछि होम क्वारेन्टाइनमा रहने गरी घर पठाइने जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com